अनेमसंघको क्षेत्रीय सम्मेलन चैत्र १६ गते
बाबु पाण्डे ,बुटवल, ५ चैत्र,अखिल नेपाल महिला संघ निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं.–४ रुपन्देहीको क्षेत्रीय सम्मेलन यहि चैत्र १६ गते गर्ने जनाएको छ । क्षेत्रीय सम्मेलन आयोजक कमिटीका संयोजक थानकुमारी थापाको अध्यक्षता र एमाले क्षेत्रीय कमिटी सदस्य एवं अनेमसंघ जिल्ला कमिटी कोषाध्यक्ष रुक्मिणी भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
