कतारको स्पोर्टस् डेमा एनआरएनएको सहभागिता
दोहा– १२ फेब्रुअरी (हरेक बर्ष फेब्रुअरी महिनाको दोश्रो मंगलवार)का कतारको ‘स्पोट्र्स डे’को अवसरमा एनआरएनए एनसीसी कतारले पनि विभिन्न आयोजनाहरूमा सहभागिता जनाएको छ । ‘स्पोट्र्स डे’को अवसरमा आयोजना हुने कार्यक्रमहरूलाई सफल पार्न नेपाली समुदायको तर्फबाट पहल गर्ने निर्णय यसअघिको एक भेलाका क्रममा लिइएको थियो ।
खेलकुद दिवसको अवसरमा नेपाली समुदायको तर्फबाट ऐक्यबद्वता जनाउँदै एनआरएनए एनसीसी कतारको आयोजनामा मंगलबारका सनैया १० नम्बर स्ट्रिटमा विभिन्न संस्थाका टोलीहरु बिच मैत्रीपूर्ण भलिबल खेलको आयोजना गरिएको थियो । सो आयोजना नितान्त मनोरञ्जक तथा मैत्रिपूर्ण खेल रहेको अध्यक्ष अमृत गुरुङले बताए । ‘कतारको खेलकुद दिवसको अवसरमा ऐक्यबद्वता जनाउनु हामी सवैको कर्तब्य हो’ उनले भने– ‘नेपाली सहभागिता उत्साहजनक छ ।’