|

कमल थापा कतार आउने


दोहा– राप्रपा नेपालका नेता कमल थापा सो पार्टीको भातृ संगठन प्रवासी नेपाली राष्ट्रवादी समाज कतारको प्रथम महाधिवेशनलाई सम्बोधन गर्न दोहा आउने भएका छन् । समाजको गत साता सम्पन्न केन्द्रिय कार्यसमितिको नियमित बैठकले नेता थापालाई कतार निम्त्याउने निर्णय लिएको र कुराकानी अघि बढेको एक विज्ञप्तिमा जनाइएको छ ।

नियमित बैठकले आगामी १९ अप्रिलमा सो समाजले तेश्रो बर्È प्रबेश गर्न लागेको अवसरमा प्रथम राष्ट्रिय महाधिबेशन गर्ने निर्णय पारित गरेको र सो अधिवेशनमा शिर्ष नेतालाई बोलाउने योजना गरेको हो । महाधिबेशन तयारीका लागि अध्यÔ रविचन्द्र पौडेलको अध्यÔतामा बसेको सो बैठकले बिभिन्न समितीहरु गठन गरेको छ ।

समाजका सल्लाहकार राहुल पोखरेलको संयोजकत्वमा गठित सगठन बिस्तार तथा सदस्यस्ता बितरण समितिमा सुमन श्रेष्ठ, सुजन राज ठकुरी, सुभाÈ निरौला, रुपेन्द्र बहादुर बस्नेत र रमेश जैशी सदस्य रहेका छन् भने समाजका कोÈाध्यÔ राजन कार्कीको संयोजकत्वमा गठित आर्थिक समितिमा दिपेश बहादुर थापा र बिष्णु (भान्जा) सदस्य रहेका छन् । प्रचारप्रसार समिति, मञ्च तथा हल व्यवस्थापन समिति, अतिथी व्यवस्थापन समिति, यातायात व्यवस्थापन समितिका संयोजक तथा सदस्यहरु आगामि बैठकले निर्णय गर्ने सल्लाहकार सरोज पुडासैनीले जनाए । संरÔक ध्रुवराज खनिया, सल्लाहकार सरोज पुडासैनी र राहुल पोखरेललाई महाधिवेशन आयोजनामा अनुगमन तथा सल्लाहकारको भुमिकामा राखेको समाजले जनाएको छ ।

Posted by Butwalonline on 3:43 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कमल थापा कतार आउने"

Leave a reply