|

प्रेमको प्रतिक ताजमहल ‘रानीमहल’ प्रणय दिवस र मेरो जन्मदिन


मुक्तिप्रसाद न्यौपाने

  पाल्पा
वर्षमा एक दिन सच्चा प्रेम र आस्था प्रकट गर्ने दिनका रुपमा मनाइने प्रणय दिवस  फेब्रुअरी १४ बिहिबार विशेष गरि किशोरावस्थाका युवा युवतिहरुले माया पिरति साटासाट गरेर मनाउँदै छन् । मनमा गुम्सिएका भावनाहरु र तरङ्गहरुलाई उत्प्रोत गर्ने पर्वका रुपमा पनि यसलाई लिन थालिएको छ । पारिवारिक माया ममता भन्दा पनि भिन्दै आभाष गर्ने मायालाई दुई आत्माको मिलन मानिन्छ ।
जब कुनै व्यक्ति माया पिरतिको जालोमा अल्झिएको हुन्छ उसको संसार त्यसैमा रोमलिन थालेको हुन्छ । भनिन्छ प्रेम आस्था र विश्वासमा चलेको हुन्छ । पाल्पामा भने सच्चा प्रेमको प्रतिक ठानिने रानिमहल १९५० सालमा पाल्पा गौडाका तैनाथवाला पश्चिम तर्फका प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत रानि तेजकुमारीको सदिक्षा र सम्झनामा निर्माण गरेका थिए । कालीगण्डकीको किनारमा बनाइएको यो महल पाल्पा सदरमुकाम तानसेनदेखि ७ किलोमिटर उत्तरमा छ । आजको दिनमा यो महलमा सच्चा जोडिहरु आफ्ना अतितलाइृ सम्झँदै वर्तमानमा टेकेर भविष्यको कल्पना गरिरहेका भेटिन्छन् ।
१९५० सालमा शिलान्यास गरि १९५४ सालमा कालिनदिको चट्टान माथि पश्चिमि कला कैशलको बेजोड नमूनाले सिंगारेर ४ वर्षको अवधिमा महत्वपूर्ण फर्निचर, महँगा महँगा सजावटका सामाग्रीले भरिपूर्ण कोठामा एक्लै रात बिताउँदा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवंगत रानिलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ । १९६० सालमा खड्ग समशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने सड्यन्त्र ग¥यो भन्ने श्री ३ चन्द्र समशेरले थाहा पाए । चन्द्र शमसेरले पाल्पामा सेना पठाइ तैनाथि आफ्नो हातमा लिए । आफुमाथि खतराको घण्टि बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटि लिएर उनि भारत पलायन भए । त्यसै दिनदेखि प्रेमको प्रतिक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ । तर वर्षमा एक दिन आइपुग्ने प्रणय दिवसका अवसरमा भने यो महलले राम्रै महत्व पाउने गरेको छ ।
स्याङ्जा र पाल्पाको सिमानामा पर्ने यो दरबारलाई स्याङ्जाबाट झ्वाट्ट हेर्दा कालिगण्डकी माथि तैरिएजस्तो देखिन्छ । खड्ग शमसेरले रानिको सम्झानामा रानिकमात्र बनाएनन् दरबारको मूल ढोकाबाट ढुङ्गा र इट्टाबाट बनाइएका सुन्दर खुड्किला तल नदिसम्म जोडिएको छ । महत्वपूर्ण स्थानमा महत्वपूर्ण वस्तु निर्माण गरेर सबैका लागि र सधैका लागि छाडेकोदरबार १ दिनमात्र भिड लागने दरबार परिशर अन्य दिनहरुमा भने सुनसान हुने गर्दछ ।
खड्ग शमसेरले युयानी शैलीमा वेलायती इन्जीनियरको डिजाईन अनुसार रानीमहल बनाएका हुन् । कालीगण्डकी जलविद्युत् आयोजनाले मिर्मिमा पानी नथुन्दै यहा विदेशी पर्यटकको ओइरो लाग्दथ्यो । दरवार क्षेत्रभित्र पानीपोखरी, वगैचा, कलश, आधुनिक स्टाईलको पार्क, फलामका खम्वा, नागनागिनीहरुले शिवलिङ्गमा जलसर्चन गरिरहेका दृष्यछन्् ।
प्रेम दिवसको अवसरमा नेपालका सहर बजारबाट मात्रै नभइ कुना कुनाबाट आफ्नो प्रेमलाई थप सफलताको शिखरमा पु¥याउन सकियोस् भन्ने उद्देश्यले यहि दरबारलाई साछि राखेर प्रतिक्षा गर्ने युवा युवतिको बाक्लो भिड लाग्ने गर्दछ भने दरबारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अजर अमर रहने जन विश्वास भएकोले भित्तामा आफ्नो नाम लेख्नेहरुको निकै होडबाजी पनि चल्ने गर्दछ । प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डेलाई संसार भरका युवा युवतिले नयँ नयाँ रमणीय स्थानमा पुगेर मनाइ रहँदा उत्तरवाहिनी कालिगण्डकी किनारमा रहेको पाल्पाको रानीमहल भने कालिगण्डकीलाई नियाल्दै एक्लै टोलाई रहेको छ ।
पाल्पाको परिचय दिंदा, सभा गोष्ठी, क्यालेन्डर, पुस्तकको आवरण लोगो व्यापारिक प्रतिष्ठान आदिमा राम्रै स्थान जमाउन सफल र यहाँ घुम्न आउने स्वदेशि विदेशि पर्यटकका क्यामरा मोबाइलमा कैद हुने दरबार, दरबार निर्माता पाल्पाबाट पलायन सँगसँगै पर्यटकिय महत्व बोकेको दरबार प्रणय दिवसमा मात्र सिमित नबनोस् ।

तर कस्तो संयोग भनौं या सुअवसर यसै दिन मेरो जन्मदिन ।
सापटीमा प्रेम दिवश विशेष गजलू
तिम्रो मायाँ मुटु भरि साँचेको छु बैनी
ितिम्लाई भेट्ने आशै आशमा बाँचेको छु बैनी
हरेक रात सपनीमा तिमीलाई नै देख्छु ,
नयन भित्र तिम्रै तस्बिर टाँसेको छु बैनी
तिम्रो याद खुशी बनि मन भरि छाउदा ,
एकान्तमा एक्लै कति हाँसेको छु बैनी
रगतको नाता मात्र ठुलो हुन्न रैुछ ,
भावनाको चोखो नाता गाँसेको छु बैनी
प्रबासी भै तिमी बाट टाढा रहे पनि ,
दिलको समिप तिमीलाई नै राखेको छु बैनी

Posted by Journalist Mukti on 10:55 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रेमको प्रतिक ताजमहल ‘रानीमहल’ प्रणय दिवस र मेरो जन्मदिन"

Leave a reply