|

अध्यापन अनुमतिपत्र नै नभएका माओवादी कार्यकर्ताहरुलाई शिक्षकमा नियुक्ति दिने निर्णय


प्रकृति अधिकारी, काठमाडौँ, पुस २६ गते । सरकारले शिक्षा ऐन विपरीत अध्यापन अनुमतिपत्र नै नभएका माओवादी कार्यकर्ताहरुलाई शिक्षकमा नियुक्ति दिने निर्णय गरेको छ ।
    मन्त्रिपरिषद्को यही पुस १२ गते बसेको बैठकले बन्द भइसकेको चितवनस्थित जनसैनिक विद्यालय शक्तिखोरमा कार्य गरेका संजीप घिमिरे, रोहितकुमार दाहाल र तारामाया खतिवडालाई निजहरुको शैक्षिक योग्यता अनुसारको विषय मिल्ने शिक्षकको रिक्त दरबन्दीमा हाललाई अस्थायी शिक्षकका रुपमा कामकाजमा लगाउने निर्णय गरेको हो । शिक्षा ऐनको दफा ११ मा अध्यापन अनुमतिपत्र बेगर शिक्षक पदमा नियुक्ति गर्न नमिल्ने स्पष्ट व्यवस्था छ ।
चितवनको जिल्ला शिक्षा कार्यालयले गत कात्तिक २ गते शिक्षा विभागलाई ती तीन जनालाई व्यवस्थापन गर्न नसकिने व्यहोरा सहितको पत्र पठाएको थियो । शान्ति तथा पुनर्निर्माणमन्त्री टोपबहादुर रायमाझीले गत कात्तिक १६ गते शिक्षामन्त्री दीनानाथ शर्मालाई सेना समायोजनको प्रक्रियासँगै सो विद्यालय पनि बन्द भइसकेको अवस्थामा जनमुक्ति सेना नेपाल तेस्रो डिभिजनको सिफारिस अनुसार  उक्त विद्यालयमा कार्यरत ती शिक्षकहरुको व्यवस्थापनको लागि सिफारिस गर्नुभएको थियो । सोही सिफारिसका आधारमा शिक्षा मन्त्रालयले यस्तो प्रस्ताव गत मंसिर २६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निणर्यार्थ पठाएको थियो ।

Posted by Journalist Mukti on 9:18 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अध्यापन अनुमतिपत्र नै नभएका माओवादी कार्यकर्ताहरुलाई शिक्षकमा नियुक्ति दिने निर्णय"

Leave a reply