|

कतारमा संघिय समाजवादी मञ्च गठन

दोहा– नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय महासचिव आङ्गकाजी शेर्पाको उपस्थितिमा संघिय समाजवादी पार्टीको भातृ संगठनको रुपमा कतारमा संघिय समाजवादी मञ्च गठन गरिएको छ । गत शुक्रवार एक कार्यक्रमकाविच आशमान तामाङको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

सो तदर्थ समितिमा प्रथम उपाध्यक्ष प्रकाश आले मगर, द्धितिय उपाध्यक्ष चन्द्रशेर राई, सचिव दामोराज दराई, सहसचिव माइला वाइवा रहेका छन् भने तदर्थ समितिका अन्य सदस्यहरुमा तिर्थ लामा, राज कुँवर, दिलदोर्जे लामा, राजेन्द्र राई, मदन आलेमगर, सत्यनारायण चौधरी, तिर्थ गजमेर, डिएन मगर, हिमेश मुखिया, बम बहादुर मगर र बृख तामाङ रहेका छन् । तर्दथ समितिमा अन्य पाँच सदस्यहरु पछि थप गरिने बताइएको छ ।

महासंघका महासचिव शेर्पाले पार्टी खोल्नुका कारण र आदिवासी जनजातिहरुको बारेमा जानकारी गराउनुका साथै नयाँ गठित तर्दथ समितिका सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । कार्यक्रम प्रकाश आलेमगरले संयोजन गरेका थिए ।

Posted by Butwalonline on 3:46 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कतारमा संघिय समाजवादी मञ्च गठन"

Leave a reply