|

२ सय २२ सीटका लागि करिव ७१ सय शिक्षकको दरखास्त

कपिलवस्तु, ६ फागुन-कपिलवस्तुमा सबै तहमा गरी करव सात हजार एक सय जनाले शिक्षक सेवा आयोगमा दरखास्त दिएका छन् । सबै तहमा कुल दुई सय २२ सीट रहेका जिल्लामा प्राबि, निमाबि र माबिमा कुल ७ हजार ८८ जनाको दरखास्त परेको शिक्षा कार्यालयले जनाएको छ ।

फागुन ६ गते सम्म प्राबिमा ३४ सय ७०, निमाबिमा २६ सय ३१ र माबिमा नौ सय ६० जनाले परिक्षा फारम भरेको शिक्षा कार्यालय नासु खेमराज पन्तले बताउनु भयो । त्यस्तै शिक्षा सेवा आयोगमा कपिलवस्तुबाट पिछडिएको नौ जिल्लाका ९० जनाले फारम भरेका छन् । अयोगले पिछडिएको तोकेको अछाम, कालिकाटो, जाजरकोट, जुम्ला, मुगु, डोल्पा, बभाङ, बाजुरा, मुगु, र हुम्लाकाले समेत जिल्लाबाट प्राबि तहका लागि फारम भरेका हुन । यसै गरी जिल्लाबाट ५१ जना अपांगले समेत शिक्षकका लागि आबेदन दिएको छन् ।

निमाबि तर्फ अंग्रेजीमा ४१४,, गणितमा २६५, , नेपालमा १२ सय २८, बिज्ञानमा ६७, सामाजिकमा ५६९ रहेका छन् । त्यस्तै माबि तर्फ नेपालीमा २५६, गणितमा ८५, अंग्रजीमा १ सय ६१, बिज्ञानमा ६३, सामाजिकमा ३३८, अर्थशास्त्रमा २७, लेखामा २१ र शिक्षामा ३६ जनाको उम्मेदवारी परेका छ ।

Posted by Butwalonline on 4:39 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "२ सय २२ सीटका लागि करिव ७१ सय शिक्षकको दरखास्त"

Leave a reply