नगरपाकिलाको सार्वजनिक सुनुवाई कार्यक्रम संपन्न
कपिलवस्तु, ६ फागुन-कपिलवस्तु नगरपालिकाले चालु आर्थिक बर्षमा जारी रहेका योजनाहरुको सार्वजनिक सुनुवाई संपन्न गरेको छ । योजनाहरुलाई पादरर्शी बनाई स्थानीय उपभोक्ताहरुको गुनासाहरुको सम्बोधन गर्न सो सार्वजनिक सुनुवाई कार्यक्रम गरेको नगरपालिकाले जनाएको छ ।
सो अवसरमा कार्यकारी अधिकृत चिरीञ्जीवी सापाकोटाले नगरपालिकाले चालु अर्थिक बर्षमा गरेका क्रियाकलाप, योजना, प्रगति लगायतका बिषयमा जानकारी गराउनु भएको थियो । नगरपालिकामा अहिले दुई करोड ५३ लाख चार हजारका ढाई दर्जन योजना चालु अवस्थामा रहेको उहाले बताउनु भयो । जसअन्र्तगत जगेडा कोषको र कृषि सडकको चार चार, सडक बोर्डको दुई तथा प्रबद्र्धनात्मक १८ वटा योजनाहरु चालु अवस्थामा रहेका बताईएो छ ।
विकास निर्माणको कार्य तिब्र गतिमा भईरहेको र सबै योजनाहरु आर्थिक बर्ष अगावै सकिने उहाले बताउनु भयो । कार्यक्रमा स्थानीय उपभोक्ता समितिका सदस्यहरुले नगरपाकिलामा शौचालय निर्माण अभियान, सरसफाई, खानेपानी लगायतका बिषयमा थप ध्यान दिनु पर्ने माग गरेका थिए । पदमराज श्रेष्ठको संचालन, बलराम न्यौपानेको स्वागत मन्तब्य, तथा प्रशासकीय अधिकृत मेघनाथ पाध्याको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा राजनीतक दलका प्रतिनिधिहरुले नगरपालिले गर्ने हरेक क्रियाकलापमा स्थानीयबासीलाई सहभागी र जनकारी गराउनु पर्ने बताएका थिए ।