|

नेकपा माओवादी सहितका चार वामपन्थी दलद्धारा आज बुटवलमा विरोध प्रदर्शन

बिनोद परियार,बुटवल,फागुन १७-प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिने प्रमुख दलहरुको निर्णयप्रति आपत्ति जनाउंदै नेकपा माओवादीसहितका चार वामपन्थी दलहरुले आज  बुटवलमा विरोध प्रदर्शन गरेका छन्  ।

बिरोध ऱ्यालीपछि मिडिया चोकमा भएको सभामा नेकपा एकीकृतका केन्द्रीय सदस्य लक्ष्मीकान्त पौडेल,नेकपा माओवादी रुपन्देहीका सेक्रेटरी बन्धु चन्द,मातृका नेतृत्वको नेकपा माओवादीका हरी भण्डारी लगायतले बोल्दैं चार दलीय सेन्डीकेट खारेज हुंनुपर्नेमा जोड दिएका थिए । चार दलले प्रधानन्यायधिसलाई प्रधानमन्त्री बनाउंने सहमति गर्नु आफ्नो असफलताको पराकाष्ट भएको उनीहरुले आरोप लगाएका थिए । कार्यक्रम बैद्य माओवादीका नेता नेत्रनारायण शर्माको अध्यक्षता,एकीकृतका नेता राजु भुजेलको संचालन तथा मातृका माओवादीका नेता नविनको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रम अघि पुष्पलालपार्कबाट शुरु भएको विरोध जुलुस अमरपथ संगमपथ हुंदै मिडिया चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । विरोध प्रदर्शन नेकपा माओवादी,नेकपा एकीकृत,मातृका यादव नेतृत्वको नेकपा माओवादी र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले गरेका हुन् ।

Posted by Butwalonline on 4:45 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेकपा माओवादी सहितका चार वामपन्थी दलद्धारा आज बुटवलमा विरोध प्रदर्शन "

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु