पाल्पाको विकासमा निजी क्षेत्र लागि परेको छ : सैंजु(भेटर्वार्ता)
मुक्तिप्रसाद न्यौपाने,पाल्पा/पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा तानसेन, पाल्पाको कृषि, पर्यटन, घरेलु तथा कुटिर उद्योगको प्रवद्र्धन, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न फागुन १७ देखी २६ सम्म पाल्पा महोत्सव २०६९ सञ्चालन हुदैछ मेलाका विषयमा आर्थिक अभियानका लागि मुक्तिप्रसाद न्यौपानेले गरेको कुराकारी ।१. पाल्पा महोत्सव कीन आयोजना गरिएको हो ?
स्थानीय कृषि, घरेलु तथा कुटीर उद्योगका उत्पादनहरु, ढाका, करुवा, अटोमोवाईल, शैक्षिक संघसंस्था, सूचना प्रविधि, हाउजिङ्ग, रियलस्टेट, बैंङ्क तथा वित्तीय संस्था लगायत बहुराष्ट्रिय तथा संयुक्त लगानीका उत्पादनहरुलाई प्रवद्र्धन गर्नु र पाल्पाको संम्भावनालाई उजागर गरि पाल्पालाई सार्थक बनाउन आयोजना गरिएको हो ।
२. मेलामा विशेष के रहने छ ?
मेलामा एक गाउा एक उत्पादन अदुवा कार्यक्रमको छुट्टै प्याभिलियन, धार्मीक तथा पर्यटकीय स्थलहरुका चित्ताकर्षक फोटो तथा स्वरुप प्रदर्शनी, रानीमहलको स्वरुपमा सचिवालय स्थापना, प्रवेश टिकटमा गोलाप्रथाद्धारा एकजनालाई मोटरसाईकल उपहार रहनेछ ।
३. सातवटा मेला सकिसक्दा पाल्पामा कस्तो आर्थिक विकास भएको छ ?
पाल्पाली कला सास्कृति, औद्योगिक वस्तुहरु, कृषि उपजहरुको अन्तराष्ट्रिय ख्यातीमा वृद्धि भएको छ, होटल व्यवसायमा २० करोड लगानी भैसकेको छ त्यो पनि महोत्सवकै प्रेरणाबाट हो । पाल्पामा पर्यटन आवागमनमा वृद्धि भएको छ । होमस्टे कार्यक्रमबाट पाल्पाली जनताले जीवन जिउने आधार खडा भएको छ । पहाडी जिल्ला भएकै कारण ठूला उद्योग स्थापना गर्न नसकिए पनि धेरै संभावनाको रेखा कोरिएको छ ।
४. पाल्पाको विकासमा पाल्पा उद्योग वाणिज्य संघले के गर्न सक्छ ?
कृषि र पर्यटनलाई साझेदारको रुपमा निजी क्षेत्रले सरकारी क्षेत्रसाग सहकार्य गर्दै अगाडी बढेको हो । शिक्षाकालागि विज्ञान क्याम्पस, सिएमए क्याम्पसमा लगानी गरेको छ । करुवा र ढाका उद्योगीलाई पाल्पाली पहिचान स्थापित गराउन भनेर प्रोत्साहित गरेका छौं । पाल्पा सानो ठाउा भएर पनि बैकिङ्क क्षेत्रको विस्तार भएको छ किनकी पाल्पामा शान्ति सुरक्षा मजबुद भएको छ यसमा पनि संघको योगदान रहेको छ ।
५. महोत्सवबाट संकलित रकम के मा खर्च हुन्छ ?
पर्यटन क्षेत्रको विकास, पाल्पामा हवाई मैदान संभाव्यता अध्ययन, टुाडिखेल मैदानको स्तरोन्नतीका साथै यस संघबाट निर्माण गर्न लागिएको अतिथी गृह, तालिम तथा सभाहल सहितको बहुउद्देश्यिय भवन निर्माणकालागि खर्च हुनेछ ।