|

युएईमा ३१ औं मगर दिवस सम्पन्न

लक्ष्मण खनाल, युएई-“पट्ट मगरको काट ठलाङ्ग झोरकिङ्ग, लहु ढुट, अक्खारिका, ढरमा र रोस होरकिङ्ग”(सबै मगर एक ठााउमा भेला होऔं, हाम्रो भाषा, लिपि, धर्म र संस्कृति संरक्षण गरौ) भन्ने मुल नाराका साथ मगर संघ युएईको आयोजनामा आयोजित ३१औं मगर दिवस भव्यताका साथ सम्पन्न भएको छ ।

दुवईको इम्पेरियल होटलको सभा हलमा आयोजना गरिएको उक्त कार्यक्रमको सभापति मगर संघ युएई का अध्यक्ष नुन प्रसाद सोमै मगरले गर्नु भएको थियो भने प्रमुख अतिथि युएइका लागि नेपाली राजदुत धनञ्जय झा रहनुभएको थियो । विषेश अतिथिको आमन्त्रण गरि नेपालबाट आउनु भएका नेपाल मगर संघ का भुपु अध्यक्ष तथा भुतपुर्व मन्त्रि गोरेबहादुर खपाङ्गी र नेपाल मगर महिला संघकी केन्द्रिय अध्यक्ष सुश्री गंगा खसु मगर रहनु भएको थियो । र अन्य अतिथिहरुमा आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष गिरमान थापा, एनआर एनए एनसिसि युएई का अध्यक्ष चन्द्र रोका, नेपाली समाज युएईका निबर्तमान अध्यक्ष कृष्ण ढकाल, पत्रकार महासंघ युएइ शाखाका उपाध्यक्ष भुपराज वस्याल लगायत युएई मा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु को बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै विषेश अतिथि तथा पुर्वमन्त्रि गोरे बहादुर खपाङ्गीले ४० बर्ष पहिले देखी जातिय मुक्तिको लागि आफुले थालेको अभियानमा बल्ल अहिले आएर मगरहरु उठ्न थालेको कुरा व्यक्त गर्नुभयो । नेपाल सरकारले लागु गरेको पाठ्यक्रममा मगरहरुप्रति अपमानित भाषाको प्रयोग गरिएको आक्रोश पोख्दै उहाले सिक्किम, बर्मा, भुटान, आसाम मेघालय र नागालय मा मगरहरुको इतिहास र आफ्नै विरासत रहेको प्रष्ट्याउदै , मगरहरु नै सुतेको हुनाले यो अवस्था आएको र अहिले आएर विस्तारै उठ्न थालेको पनि बताउनु भयो । युद्धको इतिहासमा मगरहरुले ठुलो विरता हासिल गरेको भन्दै उहाले अव मगरहरुलाई अरुको लागि होइन आफ्नो लागि लड्न आग्रह पनि गर्नुभयो । अन्तमा आफु बाहुन विरोधि नभई मगरहरुलाई प्रगतिको बाटोमा हिड्न सिकाएको कुरा व्यक्त गर्नुभयो । त्यस्तै अर्का विषेश अतिथि गंगा खसु मगरले पितृ सतात्मक राज्यसत्ताले कुल्चिएका पुर्खाहरुले  आफ्ना हक अधिकारका लागि आवाज उठाउन नसकेको भन्दै अव चुप लागेर वस्न नहुने कुरा व्यक्त गनुभएको थियो ।

प्रमुख अतिथिको  आसनबाट बोल्दै युएइका लागि नेपाली राजदुत  धनञ्जय झाले हक अधिकारको लागि हतियारले होइन ज्ञान र बुद्धिले लड्नुपर्ने बताउदै सबैले शिक्षाको ज्योतीबाट बञ्चित हुन नहुने कुरा बताउनु भयो ।संघका महासचिव भरत राना मगरको संचालन र उपाध्यक्ष बविता सिवाकोटिको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा मेक थापा  रिजन थापा लगायतका कलाकारहरुले स्वगत गित प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा युएइमा रहेर विभिन्न सामाजिक क्षेत्रमा योगदान पुऱ्याउनुहुने महानुभाव, विशेष अतिथिहरु तथा संघका सक्रिय सदस्यहरुलाई सम्मान पत्र तथा दोसल्लाले सम्मान गरिएको थियो ।औपचारिक कार्यक्रमको समापन संगै सुरुभएको साास्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुले सोरठी, सालैज्यो, हुर्रा र कौरा प्रस्तुत गरेको थिए ।




Posted by Butwalonline on 5:03 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युएईमा ३१ औं मगर दिवस सम्पन्न"

Leave a reply