हात्तिपाइले रोगको औषधी सेवनको शुभारम्भ
मुक्तिप्रसाद न्यौपाने,माघ १९, पाल्पा-माघ २०, २१ र २२ गते सञ्चालन गरिने हात्तिपाइले रोग रोकथाम तथा निवारण अभियान सफल पार्नकालागि शुक्रबार पाल्पाका प्रतिष्ठित व्यक्तिहरुबाट औषधी खाएर शुभारम्भ गरिएको छ ।हात्तीपाइले रोग निवारण कार्यक्रमलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, जिल्ला प्रहरी कार्यालयका प्रहरुी नायव उपरीक्षक स्थानेस्वर रेग्मी, युनाइटेड मिशन अस्पतालकी निर्देशक रचेल कारख, पाल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सत्यादेवी थापा लगायत अन्य सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका नेताहरु तथा सञ्चारकर्मी र नागरीक समाजका अगुवाहरुले औषधी सेवन गरेर कार्यक्रमको सुरुवात गरिएको छ ।
छैठौं तथा पाल्पाकालागि अन्तिम चरण अन्तर्गत २ देखी ५ वर्ष एक–एक चक्की, ६ देखी १४ वर्ष दुई–एक चक्की र १५ वर्ष माथिका सबै उमेर समूहकालागि तीन–एक चक्की क्रमश: डाइईथाइलकार्बामाजिन र अबलेन्डाजोल चक्की खुवाईदै छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले यस रोग निवारण अभियान कार्यक्रम आफू र आफ्ना नजिकका सबैलाई यो औषधी सेवन गर्ने कार्यमा प्रेरणा दिन सबैमा अनुरोध गरेका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख झलक शर्मा पौडेलले दुई वर्ष नपुगेका केटाकेटीहरु, गर्भवती र सात दिन सम्मका सुत्केरी आमाहरु र सिकिस्त विरामीहरुले यो औषधी सेवन गर्न नहुने बताउादै विश्वका ८३ देशमा हात्तीपाइले उन्मूलनकालागि कार्यक्रम सञ्चालन भएको बताए ।
हात्तीपाइले रोग परजिवीबाट संक्रमण भएर लाग्ने सरुवा रोग हो । यो रोगलाई कुष्ठरोग पछिको दोस्रो शारिरिक असक्त बनाउने रोगको रुपमा लिइन्छ । यो क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले टोकेमा सर्ने गर्दछ ।
पाल्पामा २००६ को सर्वेक्षण अनुसार १३.३ प्रतिशतमा यसका परजिवीहरु पाइएको छ । पााच चरणको कार्यक्रम सम्पन्न हुादा सम्म पाल्पामा यो प्रतिशत घटेर १.६ मा झरेको हात्तिपाइले रोग निवारण अभियान पाल्पाका फोकल पर्सन मिनबहादुर विष्टले बताए ।
Posted by Butwalonline
on 9:35 AM. Filed under
National News,
News,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response