|

महिला समाज कतारले नेपाली राजदुतावासमा ज्ञापनपत्र बुझायो

दिपक पौडेल ,दोहा– नेपाली महिला समाज कतारले दोहास्थित नेपाली राजदुतावासमा आइतवार एक ज्ञापनपत्र बुझाएको छ । समाजले सो ज्ञापनपत्र नेपाली नियोग मार्फत प्रधानमन्त्रीलाई पठाएको छ ।
महिला समाजका पदाधिकारीहरूको एक टोलीले सो ज्ञापनपत्र नियोगका मिनिष्टर कन्सुलर ऋषिराम घिमिरे समक्ष बुझाएका छन् । सो टोलीमा समाजका अध्यक्ष रेखा राई, प्रथम उपाध्यक्ष रोजिना बस्तोला, द्धितिय उपाध्यक्ष चाँदनी चौधरी, महासचिव जानुका बस्नेत खडका, सचिव अमिना खान, कोषाध्यक्ष संगीता लामा लगायतका पदाधिकारी सामेल थिए ।

वैदेशिक रोजगारीमा आएका महिलाहरूले मात्र नभई देशभित्र पनि नेपाली महिलाहरुमाथि दिनहुँ विभिन्न प्रकारका हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधहरू भइरहेकोले नेपाली महिला समाज कतारको गम्भिर ध्यानाकर्षण भएको सो ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ‘महिलामाथि यस प्रकारका घटनाहरु हुँदा पनि सरकार मौन रहेको छ’ विज्ञप्तिमा भनिएको छ– ‘छुवाछुत र दाइजो प्रथाको शिकार बनाउने, आङ्खनै श्रीमानवाट पासविक तरिकाले हत्या गर्ने, भारतमा लगेर बेच्ने र कुटपिट गर्ने दुखद घटनाहरू बढेका छन् ।’ देशमा शान्ति सुरक्षा, गाँसबास, कपास र रोजगारीको अभावले गर्दा बाध्य भएर विदेसीनु परेका नेपाली महिलाहरुलाई सरकारले उचित तालिम दिई सुरक्षाको प्रत्यभूति दिएर मात्र विदेश पठाउनुपर्ने सुझाव विज्ञप्तिमा दिइएको छ ।

गत ३ मंसिरमा साउदीवाट घर फर्केने क्रममा एक चेलीलाई सुरक्षाकर्मी मिलेर लुटपाट गर्नुका साथै बलात्कार गरेर गर्भवती बनाइएको, बर्दिया जिल्लाकी एक चेलीलाई पेट्रोल छर्केर र बारा जिल्लाकी विन्दु ठाकुरलाई जिउँदै जलाउनुका साथै राजधानीमा घरेलु कामदार सरस्वती सुवेदीलाई बर्बरतापुर्वक हत्या गरिएको लगायतका घटनाहरू उल्लेख गर्दै महिला समाजले घटनाहरूको छानवीन गरी दोषीलाई तुरुन्त कडा भन्दा कडा कारवाहीको माग गरेको छ । महिलालाई विदेश पठाउँदा नेपालको एअरर्पोट प्रयोग गरि पठाउनुपर्ने, पटक पटक नेपाल विदामा जाँदा श्रम मन्त्रालयमा गएर सम्झौता गर्नुपर्ने अवस्था हटाई एअरर्पोटमा नै ब्यवस्था गरिनुपर्ने समाजको माग छ ।

Posted by Butwalonline on 3:36 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "महिला समाज कतारले नेपाली राजदुतावासमा ज्ञापनपत्र बुझायो"

Leave a reply