|

सर्लाहीवासीको पाँचौ साधारण सभा सम्पन्न

दिपक पौडेल ,दोहा– सर्लाही प्रवासी सेवा समाजका पाँचौ साधारण सभा अध्यक्ष जिवछ महतोको सभापतित्वमा सम्पन्न भएको छ ।

पाँचौ साधारणसभाले अध्यक्षमा महतोलाई निरन्तरता दिएको छ । नयाँ कार्यसमितिमा उपाध्यक्ष मोहमद हुसेन खान, महासचिव कुवेर राउत, सचिव इन्दल लामा, सहसचिव दिलसाद मिकरानी, कोषाध्यक्ष मेग बहादुर मोक्तान, सहकोषाध्यक्ष कैंयुम खान चयन भएका छन् । सदस्यहरुमा श्यामलाल चौधरी, शत्रुघन पासवान, अलि असगर खान, मोहमद मिकरानी, राम रतन कुशवाह, हरी प्रसाद गर्तौला र असफद मिकरानी रहेका छन् । त्यसैगरी प्रमुख सल्लाहकार अलि हसन मिकरानी र सल्लाहकारमा जियावाबु खान, गिरीराज घिमिरे र नथुनी मिकरानी रहेका छन् ।

सो अवसरममा नेपाली जनसम्पर्क समितिका कोषाध्यक्ष साकिर अली, एनआरएनए आइसीसी सदस्य अजिजुर रहमान शेष, सेफ्टी अवेअरनेशका अध्यक्ष राधाकृष्ण देव, नेपाली महिला समाजका अध्यक्ष रेखा राई, पाल्पा सेवा समाजका अध्यक्ष भुपराज दुवाडी, दाङ्ग देउखुरी सेवा समाजका महासचिव सूर्य सुवेदी, गुरुकौली संघ समाजका अध्यक्ष इन्दल थिङ्ग, अर्घाखाँची सेवा समाजका अध्यक्ष युवराज पाण्डे, पाँचथर सेवा समाजका अध्यक्ष मान कुमार आङ्गबो, कतार नेपाली एकता समाजका कार्यवाहक अध्यक्ष टुकनाथ शर्मा, जनप्रगतिशिल मञ्चका महासचिव तिलविक्रम थेवे, एनआरएनएनसीसीका प्रथम उपाध्यक्ष गुरुनारायण रानाभाट लगायतले पाँचौ साधारण सभामा शुभकामना मन्तब्य दिनुका साथै सर्लाहीमा बन्दै गरेको सर्पदंश हस्पिटल निर्माणमा जुटेर समाजको अतिनै सराहनीय कार्य गरेको बताए ।
कार्यक्रममा आर्थिक सहयोग गर्ने संस्था तथा ब्यक्तिहरुलाई प्रमुख अतिथिद्धारा सम्मानपत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि नेपाली मुस्लिम सेवा समाजको अध्यक्ष मक्सुद आलामले आर्थिक, सामाजिक र नैतिकरुपमा सर्लाहीवासीहरुलाई आईपरेका समस्यामा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै हस्पिटल खोल्न लागेकोमा प्रवासी सर्लाहीवासीलाई धन्यवाद दिए । सभापति जिवछ महतोले कृतज्ञता मन्तब्य राख्दै सवैको सहयोग र साथ पाएमा जुनसुकै सामाजिक कार्यपनि सम्पन्न गर्न सकिने बताए । कार्यक्रम प्रकाश आलेमगरले संचालन गरेका थिए ।

Posted by Butwalonline on 3:34 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सर्लाहीवासीको पाँचौ साधारण सभा सम्पन्न"

Leave a reply