|

दोहा-स्याङ्गजा सम्पर्क मञ्चको बनभोज सम्पन्न

नबराज खड्काथोकी÷दोहा–स्याङ्गजा सम्पर्क मञ्चले गत साता एक विस्तृत भेटघाट तथा वनभोज कार्यक्रमको आयोजना ग¥यो । ‘सामाजिक न्याय समानता र अग्रगामी परिवर्तनको अभियान, स्याङ्गजा सम्पर्क मञ्च दोहा, कतारमा आबद्धताको आब्हान’ भन्ने मुल नाराका साथ गत ८ फेब्रुअरीमा अल दोसारी गार्डेन (चिडियाघर) सहानियामा अध्यक्ष भेषराज पराजुली सभापतित्वमा सो अयोजना गरिएको हो ।
मञ्चका प्रमुख सल्लाहकार पुर्ण केसीको प्रमुख आतिथ्यसहित सामाजिक अगुवा नरेश श्रेष्ठ, सन्ध्या ग्रुप अलखोरका अध्यक्ष थर्चा लामा, पेशाकर्मी बुद्वि भण्डारी लगायतको विशेष उपस्थ्तिि रहेको सो जमघटमा स्याङजावासीको उत्साहजनक सहभागिता थियो ।

कार्यक्रमका प्रमुख अतिथी पुर्ण केसीले मन्तब्यको क्रममा मञ्चले कतारमा कार्यरत एकै बैचारिक आस्था रहेका स्याङ्गजाबासीहरूलाई एकिकृत र सकृय बनाउँदै समाजमा रचनात्मक तथा सृजनशिल कार्यका अग्रसर बनाउने उद्देश्य सो संस्थाले लिएको बताए । सामाजिक कार्यमा अmभै बढि सकृयताका साथ लागि पर्न उनले शुभकामना दिएका छन् ।
मञ्चका अध्यक्ष भेषराज पराजुलीले मञ्चका बारेमा प्रस्ट्याउदै सबै जना संगठित भएर प्रवासबाट पनि सामाजिक न्याय तथा समानता र अग्रगामी परिवर्तनको लागि सकारात्मक कामहरु गरी गृहजिल्लाको विकासमा नयाँ आयम दिन सकिने बताए । गृह जिल्लामा अध्ययनरत गरिब तथा असहाय बालबालिकाहरुको हितमा यहि २२ मार्चका दिन विशेष कार्यक्रमका विच खोलिने भाग्यशाली उपहार चिठ्ठा योजना सफल पार्न उनले अपिल गरेका छन् । मञ्चका सचिब बुद्धि बहादुर बिकले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मञ्चका उपाध्यक्ष प्रेम नेपालीले स्वगत मन्तब्य राखे भने सम्पुर्ण सहभागीहरूले एकैसाथ आ–आफ्नो परिचय र धारणा ब्यक्त गरे ।

दोसारी गार्डेनमा उत्साहका साथ भेला भएका सहभागिहरूलाई मञ्चका कलाकारहरुले गित संगितको माध्यमबाट थप मनोरञ्जन दिलाए । बनभोज कार्यक्रमलाई सफल पार्न सहयोग पु¥याउने सबैमा संयोजक चोलाकान्त बिकले कृतज्ञता मन्तब्य राखेका थिए ।

Posted by Butwalonline on 3:37 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दोहा-स्याङ्गजा सम्पर्क मञ्चको बनभोज सम्पन्न"

Leave a reply