|

मानसिक सन्तुलन ठीक नभएको युवतीलाई अँध्यारोको मौका छोपी बलात्कार

गौशाला, पुस २३ - महोत्तरीको सिस्वाकटैया गाउँ विकास समितिमा गएराति बोल्न नसक्ने युवतीलाई बलात्कार गरिएको छ। नाम, थर, बतन बताउन नसक्ने अन्दाजी १७/१८ वर्षकी मानसिक सन्तुलन ठीक नभएको युवतीलाई अँध्यारोको मौका छोपी गएराति सिस्वाकटैया-१ बस्ने वर्ष १७ को सुधीरकुमार ठाकुरले बलात्कार गरेको प्रहरी नायब उपरीक्षक कुशलपुरुष ढकालले जानकारी दिएका छन् ।

ती युवतीलाई ललाइफकाई बलात्कार गरेको तर सो कुराको चाल स्थानीय बासिन्दाले पाएपछि युवक ठाकुरलाई पक्राउ गरी प्रहरीमा बुझाएको छ।

प्रहरीले ठाकुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको छ भने निजमाथि जबरजस्ती करणीमा मुद्दा चलाइने जनाएको छ। रासस (स्रोत :नागरिक न्यूज)

Posted by Butwalonline on 6:05 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मानसिक सन्तुलन ठीक नभएको युवतीलाई अँध्यारोको मौका छोपी बलात्कार "

Leave a reply