|

बोक्सी भन्दै महिलाको हत्या गरेर जलाउनेहरुलाई सर्वोस्वसहित जन्म कैद

चितवन, पुस २३- बोक्सीको आरोपमा महिलाको हत्या गरेर आँगनमै जलाउनेहरुलाई चितवन जिल्ला अदालतले सर्वोस्वसहित जन्म कैदको सजाय सुनाएको छ। त्यस्तै बोक्सी आरोप लगाउने झाँक्रीलाई जन्म कैद भएको छ। घटनामा ११ जना आरोपीमध्ये तीनले सफाइ पाएका छन् भने आठजनालाई सजाय भएको छ।

चितवन जिल्ला अदालतका स्रेस्तेदार दीनबन्धु बरालका अनुसार गत वर्षको फागुन ५ गते चितवन माडी क्षेत्रमा रहेको बघौडा गाविस वडा नं. २ की ४५ वर्षीया एकल महिला ढेगनीदेवी महतोको बोक्सी आरोपमा उनकै छिमेकीले हत्या गरेका थिए। हत्या लगत्तै प्रहरीले त्यसमा संलग्नलाई पक्राउ गरेको थियो। उनीहरु विरुद्ध गत वर्षको चैत्र २ गते चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

जिल्ला न्यायाधीस भोलानाथ चौलागाईंको एक इजलासले फैसला गर्दै विक्रम महतो , उनकी श्रीमति बिक्रमीया, छोरीहरु मन्जु , लक्ष्मी, सन्जु , कृषकुमारी र ज्वाइँ विक्रम महतोलाई सवोश्वसहित जन्म कैदको सजाय गरेका छन्। त्यस्तै झाँक्री जुगेश्वर महतोलाई जन्मकैद मात्रै भएको छ। जन्म कैद भएकाले २० वर्ष जेल बस्नु पर्छ भने सर्वश्व हुनको सम्पत्ति पनि जफत हुन्छ। स्रोत :नागरिक न्यूज

Posted by Butwalonline on 5:57 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बोक्सी भन्दै महिलाको हत्या गरेर जलाउनेहरुलाई सर्वोस्वसहित जन्म कैद"

Leave a reply