|

सरकारलाई आन्दोलनको बलबाट हटाउने देउवाको चेतावनी

ज्ञानु गौतम,तुलसीपुर,माघ ७-नेपाली काग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले वर्तमान सरकारलाई आन्दोलनको बलबाट नै हटाउने बताउनुभएको छ । प्रेस युनियन दाङले तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाले सहमतिका आधारमा प्रधानमन्त्रीले राजीनामा नदिएका कारण आन्दोलनको आाधीबेरी सिर्जना गरेर नै सरकार हटाउने दाबी गर्नुभयो ।

दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्याराहरुलाई उम्काउन खाजेर सरकार न्यायिक हस्तक्षेपतर्फ उन्मुख भएको भन्दै नेता देउवाले सरकारले न्यायमा हस्तक्षेप गरेका कारण पत्रकार आन्दोलनमा उत्रिएको उल्लेख गर्नुभयो । यस्तै नेपाली कांग्रेसका नेता प्रकाशसरण महतले विपक्षीहरुको आन्दोलनसागै एकिकृत माओवादी नेतृत्वमा छटपटी सुरु भएको दाबी गर्नुभएको छ । रिपोर्टस क्लव दाङ शाखाले आज विहान तुलसीपुरमा गरेको साक्षात्कारमा नेता महतले विपक्षीहरुको आन्दोलनदेखि डराएर एकिकृत माओवादी अध्यक्ष दाहाले अहिलेसम्मका सबै सहमति भााडिने चेतावनी दिएको आरोप लगाउनुभयो ।

Posted by Butwalonline on 5:52 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सरकारलाई आन्दोलनको बलबाट हटाउने देउवाको चेतावनी "

Leave a reply