|

सदरमुकाम रहेको गाविस खुल्ला दिसामुक्त घोषणा

ज्ञानु गौतम,अछाम,माघ ७-अछाम जिल्लाका ४३ गाविस खुल्ला दिसामुक्त घोषणा भइसक्दा पनि जिल्ला सदरमुकाम रहेको गाविस खुल्ला दिसामुक्त घोषणा नभएको आलोचना खेपिरहेको मंगलसैना गाविस आजबाट त्यस्तो आरोपबाट मुक्त भएको छ ।

गाविसका सबै घरधुरी, बजार क्षेत्र, सार्वजनिक क्षेत्र, सरकारी गैरसरकारी कार्यालयमा पक्की शौचालय बनाई प्रयोगमा ल्याएपछि गाविसलाई एक कार्यक्रमको आयोजना गरी गाविसलाई पूर्व गृहमन्त्री एवंम् नेकपा एमालेका नेता भीम रावलले खुल्ला दिसामुक्त गाबिस घोषणा गर्नुभएको छ । पूर्व गृहमन्त्री रावलले अछाम जिल्लामा चलिरहेको सरसफाईको अभियान सामाजिक परिवर्तनको नमुना भएको बताउनुभयो । कार्यक्रममा पूर्व सूचना तथा संचार राज्यमन्त्री गोविन्दबहादुर शाह, निवर्तमान सभासद भैरे कामी, लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्, सरसरफाईको क्षेत्रमा संलग्न सरोकारवालाको सहभागिता थियो ।

Posted by Butwalonline on 5:56 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सदरमुकाम रहेको गाविस खुल्ला दिसामुक्त घोषणा"

Leave a reply