दुर्गा साहित्य भण्डारको शाखा बुटवलमा
बुटवल,माघ १८ । भारतको वानरसबाट सेवा दिदै आईरहेको दुर्गा साहित्य भण्डारले बिहीबारबाट आफ्नो शाखा नेपालको बुटवल–६ आर्दशनगरमा पनि बिस्तार गरेको छ ।
भाण्डारले भारतबाट प्रकाशित हुर्दै आएका विभिन्न प्रकाशनबाट प्रकाशित धार्मिक पुस्तकहरु बिक्री बितरण गर्दै आएको ति पुस्तकहरुको माग नेपालमा पनि बढेपछि शाखा बिस्तर गरिएको दुर्गा सामाग्री केन्द्र तथा पूजा सामाग्री केन्द्रका सञ्चालक भवनाथ आचार्यले जानकारी दिए । भण्डारले गीता,रामायण,भागवत पुराण उपनिषद,नित्यपाठ,शीघ्र कल्याणकारी साधन,भजन तथा पूजाका सम्पूण सामाग्रीहरु बिक्री वितरण गर्ने जनाएको छ ।
