पाचौ राष्ट्रपति रनिङ शिल आजदेखी
बुटवल,माघ १८ । (मेसस) विद्यालय स्तरको सबैभन्दा ठूलो प्रतियोगिता पाचौ राष्ट्रपति क्षत्रीय छनौट रनिङ शील प्रतियोगिता आजदेखी रुपन्देहीका विभिन्न स्थानमा सुरु हुदै छ । रुपन्देहीको उत्तरी क्षेत्रका विद्यालय हरुका विद्यार्थीहरुको प्रतिश्पर्धा कालिका उच्चमाबिमा हुने भएको छ । प्रतियोगितामा जिल्लाका उत्तरी क्षेत्रका २० टीमले बिहीबार सम्म सहभागिता जनाईसकेको एथ्लेटिक्सका संयोजक दीनेस आचार्यले जानकरी दिए । १७ बर्ष मुनिका खेलाडीहरुको सहभागिता रहने सो प्रतियोगितामा दौड,हाईजम्प,लम्जम्प,भलिबल, लगाएतका विभिन्न ईभेनटसमा प्रतिश्पर्धा हुने बताइएको छ । गत बर्षको बिजेता सान्ती नमूना उच्च मावि हो ।
आजदेखी जिल्लाको पूवी क्षेत्र अन्तरगत देवदहको सरस्वती मावि, पश्चिम क्षेत्रको गजेडी उच्च मा वि र दक्षिण क्षेत्रको पशुपति उच्च मावि मा एकैसाथ छनौट चरणका प्रतिश्पर्धा हुने छन् । सबै क्षेत्रका बिजेता बीच आगामि माघ २८,२९ र ३० गते कालिका उच्च माविमा फाईनल प्रतिश्पर्धा हुने आचार्यले बताए । आजदेखी २२ गते सम्म सञ्चालन हुने पहिलो चरणको प्रतिश्पर्धामा रुपन्देहीका १ सय भन्दा बढी विद्यालयहरुको सहभागिता रहने बताईएको छ ।