|

कपिलवस्तुमा कुपोषण भयानक समस्याकोरुपमा देखा पर्यो

किरणमान बज्राचार्य,कपिलवस्तु, १८ माघ-कपिलवस्तुमा कुपोषण भयानक समस्याका रुपमा देखा परेको छ । अति कुपोषित बालबालिको संख्या अत्यधिक भेटिए पछि जिल्लामा यो ठुलो स्वास्थ्य समस्याको रुपमा देखा परेको हो ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थय महाशाखाले  तौलिहवामा राखेको सरोकारबालाको बैठकमा यस्तो जानकारी गराईएके हो । महाशाखाका डाक्टर महेन्द्र प्रासद शर्माले जिल्लामा ५ बर्ष मुनिका १५ दशमलव दुई प्रतिशत बालबालिका अति कुपोषित रहेको बताउनु भयो । त्यस मध्ये करिब चार हजार जना अति खतराको सुचीमा रहेको उहाले बताउनु भयो  । यो समस्या बालिका भन्दा बालकमा बढी देखिएको छ । कुषोषण कै कारण ४१ प्रतिशत कम तौलका बच्चा जन्मिने गरेकोले जिल्लामा यो ठुलो समस्याकारुपमा रहेको उहाले बताउनु भयो । त्यस्तै पुडके र ख्याउटे बच्चा समेत अधिका फेला परेकोले पनि यसलाई बेलैमा समाधन गर्नु पर्ने उहाको भनाई छ । स्वास्थ्य कार्यालय अनुसार जिल्लामा ५ बर्ष मुनिका करिब ७५ हजार बालबालिका छन् ।

कुपोषण कै कारण जिल्लामा अधिक मातु र बाल मृत्यु दर तथा रक्त अल्पक्ता सम्बन्धी ग्रसितहरु रहेका छन् । कुपोषणालई बिपद् कै रुपमा लिएर समस्याको समाधन गर्नु पर्ने महाशाखाका डाक्टर लाल बहादुर मल्लले बताउनु भयो । यसलाई बेलैमा समाधन गरिएन भने यस्ले बिराकालरुप लिन्छ उहाले भन्नु भयो । जिल्लामा डरलाग्दो तथ्यांक आएको छ त्यसलाई कुनै एक निकायले मात्र समाधा सकिदैन उहाले भन्नु भयो । स्वास्थ्य कार्यायल, कृषि तथा खानेपानी र सरसफाई कार्यालयले एकीकृतरुपमा यो समस्याालई समाधान गर्न ठोस कार्यक्रम लिएर जान जरुरी रहेको उहाको भनाई थियो ।

चेतना, शिक्षाको अभाव , गरीवी लगायतका कारणले यस्तो समसया देखापरेकोले पोषण संबन्ध्ी शिक्षा बिद्यालयमा समेत लैजानु पर्ने स्थानीय बिकास अधिकारी रामप्रास पाण्डेयले बताउनु भयो । यो समस्या समाधानका लागि अभियान नै चलाउनु पर्ने उहाको सुझाव दिनु भयो । प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द घिमिरेले एकीकृत रुपमा योजना बनाएर कुपोषणको समस्यालाई समाधान गर्नु पर्ने बताउनु भयो । त्यसका लागि उहाले सबैसंग हातोमालो गर्न आग्रह गर्नु भयो ।

हरियो सागपात, दुध, दही लगायत घरमा पाईने चिजको साटो बजारमा सहजै उपलब्ध हुने जंक फुड खाने प्रचलनसंगै कुपोषण्को समस्या बढदै गएको स्वास्थ्यकर्मीहरुको भनाईछ । एकातिर खान नपाएर बालबालिकाहरु कुपोषणको शिकार हुदै छन भने अर्को तर्फ चाहिने भन्दा बढी पोसिलो खाना खाएकोले मोटोपनको समस्या बढदै छ यी दुबै समस्यालई समाधान गर्न जरुरी रहेको उहाहरुको भनाई छ ।

बालरोग महाशाखाले स्वासथ्यकर्महरुलाई तौलिहवामा कुपोषण संबन्धी तीन दिने तालिाम समेत गरेको छ ।

Posted by Butwalonline on 11:45 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कपिलवस्तुमा कुपोषण भयानक समस्याकोरुपमा देखा पर्यो"

Leave a reply