प्रचण्डले आत्महत्या गर्ने भविश्यवाणी !
काठमाडौं १३ माघ - क्रान्तिकारी पत्रकार दीपेन्द्र रोकायाले एमाओवादी अध्यक्ष प्रचण्डका चारवटा ‘सम्भावित अवसान’ बारे चर्चा गर्नुभएको छ । प्रचण्ड भिक्षु बन्न सक्ने, जनताबाट मारिन सक्ने वा आफैं आत्महत्या गर्न सक्नेसमेत सम्भावना बताइएको छ ।माओवादी जनयुद्धमा प्रत्यक्ष सहभागी हुनुभएका र हाल नयाँ जनदिशा दैनिकका सम्पादक रहनुभएका रोकायाको भर्खरै प्रकाशित ‘नाफाको जिन्दगी’ नामक पुस्तकको ३२९ पृष्ठमा भनिएको छ-’प्रचण्डका चार विकल्प छन् जस्तो लाग्छ । एक, उनी संसदीय नेतामात्र हुन्छन् । दुई, हेग पुर्याइने डरले बौद्ध भिक्षु बन्न सक्छन् । तीन, आफ्नो काममा आत्मग्लानि भएर स्वयं आत्महत्या गर्न सक्छन् । चार, क्रान्तिकारी कार्यकर्ता वा जनताको हातबाट मारिन सक्छन् ।’
जनयुद्धकालीन महत्वपूर्ण सूचना समेटिएको रोकायाको पुस्तकमा प्रचण्डको पाँचौं विकल्पचाहिँ अवसानसँग नभई ‘उत्थान’सँग सम्बन्धित छ । उहाँको पाँचौं विकल्पबारे भनिएको छ- ‘पुनः रुपान्तरण भई हिम्मतिलो निर्णय लिई पार्टी र क्रान्तिकारीलाई अघि बढाउन सक्छन् ।’
पत्रकार रोकायाको ३४० पृष्ठ बाक्लो पुस्तकमा एमाओवादी अध्यक्ष प्रचण्डका सम्बन्धमा केही रोचक ऐतिहासिक तथ्यहरुको समेत रहस्योद्घाटन गरिएको छ ।
स्रोत :ऑनलाइन खबर
Posted by Butwalonline
on 7:47 PM. Filed under
News Source
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response