बार्षिक साधारण सभा सगै बनभोज कार्यक्रम सम्पन्न
त्रिलोचन कोर्इराला, युएई श्री पाथिभरा माउन्ट एभरेष्ट युबा क्लब, युएईले दुबईको सफा पार्कमा २५ जनवरी २०१३ मा सगैं बनभोज कार्यक्रमकका साथ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
बिभिन्न चरणमा सम्पन्न कार्याक्रम पहिलो चरणमा साधारण सभा सम्पन्न गरिएको थियो । जसमा क्लबको संसोधित बिधान २०१३ सर्बसम्मतिले पास गर्यो। सभाले क्लबको बार्षिक प्रगती प्रतिबेदन, आर्थीक प्रतिबेदन र भाबी कार्ययोजनामा छलफल गरी पास गर्दै आगामी २ सालको लागी २१ सदस्यीय नयां कार्य समिती समेत चयन गरेकोछ।
साथै उक्त भेलाले ३ सदस्यीय सल्लाहकार समिती समेत चयन गरेकोछ, जसमा संयोजक श्री गुन्जमान गुरुङ र सदस्यहरुमा श्री भुवनसिंह राई र उमेश कुमार राई रहेका छन। कार्यक्रममा गत बर्ष ९२०१२० भलिबल खेलमा क्लबले गरेको प्रगतिको मुल्यांकन गर्दै खेलकुद संयोजक श्री लामा सुब्बालाई प्रसंसा पत्र प्रदान गरिएको थियो। नव निर्बाचित कार्यसमितिलाइ नेपाल आदिबासी जनजाती महासंघ युएईका अध्यक्ष श्री गिरमान थापा, संघिय समाजबादी मोर्चा युएईका अध्यक्ष श्री भुवनसिंह राई, किराँत राई यायोक्खा युएईका अध्यक्ष श्री उमेश राई, तमु समाज युएईका अध्यक्ष श्री डेर राज गुरुङ, मगर संघ युएईका कोषाध्यक्ष श्री उपेन्द्र राना मगर, पथरी समाज युएईका उपाध्यक्ष श्री दिल राईले बदार्इ दिदै सफल कार्यकालको सुभकामना दिए ।
दोश्रो चरणमा नेपाली परिकारका स्वादिस्ट खानपिनपछी बिभिन्न मनोरन्जनात्मक खेलकुदहरु खेलाईएको कार्यक्रमको संचालन श्री दिल राई तथा सहजिकरण कृष्ण पौडेलले गरेका थिइ। खेलकुद प्रतियोगितत्मक थियो र हरेक खेलमा प्रथम र दोश्रो हुनेहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो। कार्यक्रमको तेश्रो चरणमा मनोरन्जनात्मक सांगितिक कार्यक्रम रहेको थियो, जसमा सहभागीहरुले आन्ताक्षरी, गीत र नृत्यहरु प्रस्तुत गरी बनभोजलाई आकर्षक र मनोरन्जनात्मक बनाएका थिए।
२ साल अघी पुर्बान्चलबासी प्रबासी नेपाली युबाहरुले स्थापना गरेको संस्था श्री पाथिभरा माउन्ट एभरेष्ट युबा क्लब युएईमा भलिबल प्रतियोगिता गर्न प्रचलित छ ।




