|

उखुको उचित मुल्यमा नवलपरासीका किसान र प्रशासनबिच सहमती

वृजराज कुशवाहा माघ १६-उखुको उचित मुल्य पाउनका लागि आन्दोलनमा उत्रिएका नवलपरासीका किसान र प्रशासनबिच सहमती भएको छ ।

समस्या समाधानका लागी उखु किसान प्रतिनिधी, प्रशासन र राजनितिक दलका प्रतिनिधि बिच प्रशासन कार्यालयमा बार्ता भएको थियो । वार्तामा सुक्रवारसम्म जिल्लामा उखुको मुल्य कार्यान्वयन गर्नका लागि प्रशासनले पहल गर्ने सहमती भएको उखु उत्पादक कृषक समितीका अध्यक्ष उमेशचन्द्र यादब बताउनुभयो  । आउदो सुक्रवारसम्म चिनी उद्योगपतिले सहमति भएको ४ सय ८३ रुपैया प्रति क्विन्टलको मूल्य दिएनन भने कडा संघर्षमा उत्रने नेपाल किसान संघ नवलपरासीका अध्यक्ष श्रवण कुमार कुशवाहाले बताउनुभएको छ ।

नवलपरासीमा सोमबार शान्तिपुर्ण आन्दोलनमा उत्रिएका किसानहरुको ऱ्यालीमाथि हस्तक्षेप गरी नियन्त्रणमा लिई ५ घण्टासम्म राखेको थियो । प्रहरी नियन्त्रणमा पर्नेहरुमा समितिका अध्यक्ष उमेशचन्द्र यादब, नेपाल किसान संघ नवलपरासीका अध्यक्ष श्रवण कुमार कुशवाहा, किसान नेता सन्तु जयसवाल, सहित ३९ जना उखु किसानहरु रहेका थिए ।

उखुको मुल्य निर्धारण भएपनि नेपालका चिनी उद्योगले मुल्य कार्यान्वय नगरेको भन्दै  किसानहरु आन्दोलनमा उत्रिएका छन्  ।  किसानहरुले  तोकिएको  मुल्य ४ सय ८३ रुपैया प्रति क्विन्टल पाउनुपर्ने  माग राखेका छन् ।

Posted by Butwalonline on 12:20 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "उखुको उचित मुल्यमा नवलपरासीका किसान र प्रशासनबिच सहमती"

Leave a reply