पहिचान भनेको जातीय मुद्धा होईन : प्राध्यापक गुरुङ्ग
बिनोद परियार,रूपन्देही,माघ ५ - समाजशास्त्रका प्राध्यापक डा. ओम गुरुङ्गले राज्यको विभेदकारी नितिका कारण जनजातीहरुले पहिचानको मुद्धा उठाएको बताएका छन् । कसैलाई पाखा र कसैलाई काखा गर्ने गरि राज्य निति बनाउदा अधिकारबाट बञ्चित समुदायले पहिचान सहित अधिकारको मुद्धा उठाउनु स्वभाविक भएको उनको तर्क छ । आदिवासि जनजाती जिल्ला समन्वय समिति रुपन्देहीद्धारा जनजातीहरुका लागि बुटवलमा आयोजित पहिचान सहितको संघियता,सघियता सहितको संविधान बिषयक गोष्ठिमा प्रशिक्षण दिदै प्राध्यापक गुरुङले यस्तो बताएका हुन । बुद्धिजिवि र राजनितिक पार्टीका नेताहरुले समेत पहिचानलाई जातको रुपमा बुझेकाले समाजमा यो बिषयमा अन्यौलता देखिएको उनले बताए ।‘
राज्यको जातको हुदैन ’ उनले भने –‘हामीले त समाज र भूगोलका आधारमा पहिचान खोजेको हौं ।’ राज्य पुर्नसंरचनाको सन्दर्भमा धेरैलाई जनजातीले जातिय राज्यको माग गरेको भ्रम परेको भन्दै गुरुङले पहिचानलाई समुदायको अधिकारको रुपमा बुझ्न आग्रह गरे । राज्यका हरेक तह र तप्काबाट जनजाती,महिला,दलित मधेशी जस्ता समुदाय अधिकारबाट बञ्चित भएकाले अधिकार सहितको संघियता र संविधान मुख्य मुद्धा भएको बताए ।
पहिचानलाई रितिरिवाज,पहिरन,चाडपर्वलाई मात्र राज्यले बुझ्दा समस्या भएको बताउदै समानुपातिक सहभागिता सहित अधिकारसम्पन्न संविधान जनजातीलाई चाहिएको प्राध्यापक गुरुङको कथन थियो । सोही कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओबादीका अवद्यराज्य संयोजक चन्द्रप्रकाश खनाल बलदेवले आफ्नो पार्टीले सबैभन्दा पहिला संभियताको कुरा उठाएको दावी गर्दै पहिचान सहितको संघियता स्विकार नगर्दा स.विधानसभा विघटन भएको तर्क गरे । कार्यक्रममा जिल्ला विकास समिति रुपन्देहीका सामाजिक विकास अधिकृत दुर्गा श्रेष्ठ,नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवाली,राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष दल बहादुर विरकट्टा लगायतले बोलेका थिए । कार्यक्रम आदिवासि जनजाती जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष धन बहादुर गुरुङ्गको अध्यक्षता,सदस्य विर बहादुर गर्बुजाको स्वागत एंव सपना गुरुङ्गको सञ्चालनमा सम्पन्न भएको हो ।