|

सवारी दुर्घटनामा परेर वालकसहित तीन जनाको मृत्यु

इलाम, ५ माघ । दमक–रवि सडक खण्ड अन्र्तगत इलामको बाँझोमा आज भएको सवारी दुर्घटनामा परेर वालकसहित तीन जनाको ज्यान गएको छ ।

झापाको दमकबाट पाँचथरको रवितर्फ जाँदै गरेको मे १ ख ३८६ नम्बरको बस मध्यान्ह साढे १२ बजे बाँझो–८, कोलबोटे भन्ने स्थानमा दुर्घटना भएको हो । मृत्यु हुनेमा मोरङ शनिश्चरे–१ का वर्ष एकका बालक प्रकृति लिम्बू, इलाम बाँझो–४ का ७० वर्षीय चण्डेश्वरी राई र अर्का अन्दाजी ४३ वर्षीय नाम थर खुल्न नसकेका एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।
बालकको घटनास्थलमै र दुई जनाको उपचारका लागि झापाको दमकतर्फ लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरी हवल्दार गणेश कुमार खड्काले बताए ।

घाईते हुनेमा धनकुटा मनुवुध–१ का ६४ वर्षीय भगीमाया चेम्जोङ, झापा तोपगाछी–५ का ७० वर्षीय महासिंह लावती, ३७ वार्षीया अनिता लिम्बू, ४० वर्षीया मञ्जु भनिने मेनुका लिम्बू, पाँचथर रवि–५ का ४२ वर्षीया सावित्रा राई, रवि–७ का ४० वार्षीय गंगा राई, आरुबोटे–५ का ४५ वर्षीय शान्तिराम घिमिरे र इलाम बाँझो–४ का ४२ वर्षीया चन्द्रमाया राई रहेका छन् ।

घाईते सबैको झापाको दमकस्थित लाईफलाईन अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घाईतेमध्ये छ जनाको अवस्था गम्भीर छ ।

बस सडकबाट झण्डै ६० मिटर तल भीरमा खसेको थियो । उकालो बाटोमा बस चढ्न नसकी अकस्मात स्टार्ट अफ हुँदा बस दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाई छ । श्रोत : सौर्य दैनिक

Posted by Butwalonline on 2:45 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सवारी दुर्घटनामा परेर वालकसहित तीन जनाको मृत्यु "

Leave a reply