|

शनिबारदेखि हप्तामा ९७ घण्टा लोडसेडिङ हुने

काठमाडौं, माघ ५ – शनिबारदेखि हप्तामा ९७ घण्टा लोडसेडिङ हुने भएको छ । शनिबारदेखि हप्ताको ६ दिन १४ घण्टा र १ दिन १३ घण्टा लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले तालिका निकालेर भोलीदेखि हप्तामा ९७ घण्टा लोडसेडिङ हुने जानकारी दिएको हो । नदीमा पानीको बहाव घट्दै गएको र भारतले ३० मेगावाट विजुली कटौती गरेकाले आपुर्तीकोसन्तुलन मिलाउन लोडसेडिङको समय बढाउनु परेको प्राधिकरणले बताएको छ । अहिले दैनिक १२ घण्टा लोडसेडिङ हुने गरेको छ । स्रोत : उज्यालो  नेटवर्क

Posted by Butwalonline on 5:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "शनिबारदेखि हप्तामा ९७ घण्टा लोडसेडिङ हुने"

Leave a reply