माटोको ढिस्कोले पुरिएर आज एक जनाको मृत्यु
नवलपरासी, ५ माघ । नवलपरासी जिल्लामा माटोको ढिस्कोले पुरिएर आज एक जनाको मृत्यु भएको छ ।दिब्यपुरी–८ बस्ने ३७ वर्षीय यामबहादुर थापामगर आफ्नै घर पछाडि बारीमा ढुङगा निकाल्ने क्रममा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।मगर विहान करीव दश बजे माथिबाट माटोको ढिस्को खस्न गई पुरिन जाँदा घाइते भएका थिए । मगरलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र दमकौलीमा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । श्रोत : सौर्य दैनिक
