गजल
एक चोटि सोची हेर,बिगतका पलहरुसहिष्णुता फैलाउदै,मिल्नु सबै दलहरु
जनताका भावनाको,अन्तर्मुखी हुँदैगए
चाँहिदैन अघिपछि, सुरक्षाका बलहरु
बोलीभन्दा कामलाई,ठूलोमानी गर्नेभए
अशान्ती यो त्यसै हट्छ,नगरेमा छलहरु
घनिष्टता बढाएर, हामी जुटी रहे देखि
हुने छैन तानतान, शान्त हुन्थे हलहरु
जन हत्या बन्द गरी,भाइचार बढाएमा
सङ्ली बग्थे नदी नाला,सफा हुन्थे ढलहरु
इन्दिरा प्रयास
दमक झापा -नेपाल

