|

अस्पताल परिसरमा एक महिलाद्धारा झुण्डिएर आत्महत्या

ललितपुर, माघ ५- पाटन अस्पतालमा उपचारत एक महिला आज अस्पताल परिसरमा मृत फेला परेकी छिन्। दोलखा जिरी निवासी निरमाया जिरेल पाटन अस्पतालको कर्मचारी आवास गृहनजिकै रहेको भोगटेको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

केही समयअघि सोही अस्पतालमा उनको एपेन्डिक्सको शल्यक्रिया भएको थियो। यही माघ ३ गते जाँच गराउन उनी पुनः अस्पताल भर्ना भएकी थिइन्। गएराति उनका श्रीमान् बसन्त जिरेलले अस्पतालमा मदिरा सेवन गरेर आई उनीसँग झगडा गरेको अस्पतालका एक कर्मचारी बताउँछन्।अस्पतालले आर्थिक अवस्था कमजोर भएकाले उनको निःशुल्क उपचार गरिएको बताइएको छ। रासस(श्रोत : नागरिक न्युज )

Posted by Butwalonline on 5:36 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " अस्पताल परिसरमा एक महिलाद्धारा झुण्डिएर आत्महत्या "

Leave a reply