रोटरी कलव अफ बुटवल साउथद्धारा अपांगहरुलाई व्हिल चिएर बितरण
बुटवल माघ १७ । रोटरी कलव अफ बुटवल साउथले आधा दर्जन अपांगहरुलाई व्हिल चिएर वितरण गरेको छ । मङगलवार अर्धाखा“ची केरुङ्घा गाविस मा एक र्कायक्रमको आयोजना स“गै प्रेसिडेन्ट इलेकट अफ रोटरी कलव बुटवलका डा.खिमानन्द पान्डेको प्रमुख अतिथ्यमा सम्पन्न सो कार्यक्रममा केरुङ्घा गाविस अन्र्तगत रहेका बिभिन्न वडाका अपा¨हरुलाई व्हिलचिएर वितरण गरिएको हो । अपाङ्गहरुमा केरुङ्गा अमराईकी खगीदेबी भुसाल, केरुङ्गा मसानेकी गोमा बि .के ,केरुङ्गा खहोरका सन्तोस खनाल, केरुङ्गा धरमपानीका दीपक पान्डे रहेका छन् । सो र्कायक्रममा कृष्ण भुसाल , तुल्सीराम पान्डे ,सुदिप ज्ञवाली , नवराज खनाल , भेषराज खनाल ,ओमनारायण पन्थी लगायतको उपस्थिती रहेको थियो । सो र्कायक्रमको अध्यक्षता केरुङ्घा गाविसका सचिव नारायण भटराई ले गरेका थिए भने कार्यक्रमको सञ्चालन सोभाखर पाण्डेले गरेका थिए ।