सेमरी प्राथमिक बिद्यालयको सेवा क्षेत्र खुल्ला दिसा मुक्त
बाबुराम गैरे,माघ १७, बुटवल । रुपन्देहिको टिकुलिगढ गाबिस वडा नं २ मा रहेको सेमरी प्राथमिक बिद्यालयको सेवा क्षेत्रलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ । रुपन्देही जिल्ला लाई सन् २०१७ सम्म खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने कार्यमा टेवा पुर्र्याउने अभियान अन्तर्गत एक समारोहका विच सो बिद्यालयको सेवा क्षेत्रलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको हो । विद्यालय ब्याबस्थापन समितिका अध्यक्ष अमृत भट्टराईको सभापतित्ब भि— वास सिसि टिकुलिगढका अध्यक्ष विनोद ज्ञवालीको प्रमुख आतित्यता र सरसफाई तथा सब डिभिजन कार्यलय योगिकुटिका ईश्वरीप्रसाद आचार्यको बिशिष्ट आतित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
विधालयको सेवा क्षेत्रमा कुल १७६ घरधुरि रहेकोमा भि— वास सिसिकार्यक्रम सुरु भएपछि चर्पि नभएका बाकि ९६ घर धुरीमा शौचालय निर्माण भएका थिए । सेवा क्षेत्रका सबै घरधुरीमा शौचालय भएपछि बिद्यालय क्षेत्रलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषण गरिएको बताईएको छ । कार्यक्रमको संचालन सोही विधालयका शिक्षिका कमला काफ्लेले गर्नु भएको थियो ।