|

हुम्ला जिल्लामा आज स्थानिय भुओ पर्व मनाइदै

हुम्ला,२७ पुस -हुम्ला जिल्लामा आज स्थानिय भुओ पर्व मनाइदैछ । प्रत्येक गाउामा यो पर्व धुमधामका साथ मनाइदै छ ।

सेलरोटी, च्युला, मासु भातसहित आज राति सल्लाको झरोको राको घरवाट लिएर भुवाखाडामा ठुलो आगोको अगेनु वालेर रातभरि युवाहरुले भुओ खेन्ले चलन छ । रातभरि भुओ खेलेर युवाहरुले बिहान धारामा नुहाइ घरमा जाने धार्मिक चलन रहेको छ । रातभरि भुओको चाची मागल फागसहित गाइजात्रा हरिना खेलेर रमाइलो गर्ने चलन छ । कुनै गाउमा हाासो मजाक ठट्टा गरि रातभरि पानी मागी युवाहरुले केटीहरुसंग  ठट्टा टुक्का समेत गर्ने चलन पनि रहेको पाइन्छ ।  कतै कतै यस वर्षलाई युवाहरुको चार्ड भनेर प्रख्यात रहेको पाइन्छ । हुम्ला जिल्लाभरिका गाउहरुमा यो भुओ पर्वलाई विशेष महत्व दिइन्छ ।

Posted by Butwalonline on 5:16 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हुम्ला जिल्लामा आज स्थानिय भुओ पर्व मनाइदै"

Leave a reply