स्थायी बन्ध्याकरण भ्यासेक्टोमी शिविर सुरु
ज्ञानु गौतम,नेपालगन्जमा २७ पुस - सन्तानको रहर पुगेका जिल्ला पूरुषहरुका लागि हिजोदेखि सुरु गरिएको स्थायी बन्ध्याकरण भ्यासेक्टोमी शिविरमा आजसम्म एक जना पनि पुरुष नआएको चिकित्सकहरुले बताएका छन् । शिविरको कुनैपनि काम नभएकाले शिविरका लागि खटिएका स्वास्थ्यकर्मी फूर्सदिला भएका छन् ।
शिविरका लागि एक दिन अघि देखि नै जिल्लाका दुई बटै सामुदायिक रेडियोहरुमार्फत सूचना प्रशारण गरेको भएपनि कोहीपनि व्यक्ति नआएकोशिविरका लागि खटाइएका स्वास्थ्याकर्मीले जानकारी दिएका छन् । झण्डै ५० हजार जनसंख्या भएको नेपालका ७५ वटा जिल्लामध्ये भौगोलिक रुपमा दोस्रो ठूलो जिल्ला भएपनि बन्ध्याकरण गर्न सञ्चारकर्मी खगेन्द्र छत्याल मात्रै आएको चिकित्सकले बताएका छन् । तर अरु कोही पनि तयार नभएका कारण शिविरका लागि खटिएका स्वास्थ्यकर्मी फुर्सदिला भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमूख डाक्टर रवीन खड्काले जनाकारी दिनुभएको छ । जिल्लामा धेरै जना बन्याकरण गर्ने व्यक्ती भएको भनी जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको भएपनि शिविर शुरु गरेको २ दीन सम्ममा पनि एक जना व्यक्तिपनी नआएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।