लोककल्याणकारी विज्ञापन नहुादा सञ्चारसंस्था समस्यामा
मुक्तिप्रसाद न्यौपाने,पाल्पा, पुस १९-लोककल्याणकारी विज्ञापनको रकम समयमै सरकारी निकायबाट भुक्तानी नहुादा सञ्चारसंस्था आर्थिक र संरचनागत रुपमा झन् कमजोर बन्दै गएको नेपाल पत्रकार महासंघ पाल्पाले जनाएको छ ।महासंघ पाल्पा शाखाको आठौं साधारण सभा तथा २० औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सचिव रेखिराम रानाले प्रतिवेदन प्रस्तुत गर्दै यस्तो बताएका हुन् । लाइफ टाइम, रिभर भ्याली र कालीगण्डकी साप्ताहिक प्रकाशनले निरन्तरता पाउन ठूलो चुनौती बन्द/बन्दप्राय: हुनु सबै पत्रकारहरुको साझा संस्था महासंघकालागि दु:खद पक्ष भएको प्रतिवेदनमा उल्लेख गरिएकोछ। पाल्पाबाट निस्कने पत्रपत्रिकाहरु राज्यको पुरानो हुलाकी संरचना फितलो हुादा गाउागाउामा पठाइएका पत्रपत्रिका समयमै निश्चित स्थानमा नपुग्ने समस्या रहेको रानाले बताए ।
केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल क्षेत्र संयोजक मोहन चापागाईले पत्रकारहरुले अरुका कुराहरु उठाइरहादा पत्रकारहरुले पनि कार्ययोजना बनाएर अगाडी बढ्नुपर्ने बताएका थिए। उनले भने–लोकतन्त्रको आत्मा भनेको साना मिडिया हुन् यीनिहरुको सम्बद्र्धन गर्नुपर्दछ ।
महासंघका पश्चिमाञ्चल सह–संयोजक रुद्र भट्ट, न्यूनतम पारिश्रमिक समितिका सदस्य ज्ञानेन्द्र चिदी, संस्थापक सचिव भरत शर्मा, केन्द्रीय सभासद् जगदीश भट्टराईले देशमा राजनीतिक रुपमा धेरै परिवर्तनहरु भएतापनि प्रेस स्वतन्त्रता सुनिश्चित हुन नसकेको बताएका थिए । श्रमजीवि पत्रकारहरुले ऐनमा उल्लेख भए अनुसारको पारिश्रमिक पाउनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
कार्यक्रममा कोषाध्यक्ष शंकर भण्डारीले ६ लाख बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो । राजेशकुमार अर्यालको स्वागतबाट शुरु भएको कार्यक्रम भगवान भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । पाल्पामा १ सय ४६ जना महासंघमा आबद्ध र ५० बढी पत्रकार एवम् संचारकर्मीहरु बाहिर रहेर क्रियाशिल रहेकाछन् ।
Posted by Butwalonline
on 4:23 PM. Filed under
News,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response