|

महिला अभिमुखिकरण कार्यक्रम रुपन्देहीमा सम्पन्न

बुटवल, १३ माघ - शान्ति, न्याय र लोकतन्त्रका लागि महिला संजाल संकल्प रुपन्देहीको आयोजनामा संयुक्त राष्ट्रसंघ सुरक्ष् परिषदबाट पारित प्रस्तावना नं.१३२५ र १८२० विषयक अभिमुखिकरण कार्यक्रम रुपन्देहीमा सम्पन्न भएको छ ।

महिलाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरु एकल महिला संघ, क्रियाशिल पत्रकार महिला, दलित महिला संघ, अपाङग महिला संघ जनजाति महिला संघ,विकल्प लगायतका विभिन्न ११ वटा संस्थाहरु संकल्पसंग आवद्ध रहेका छन् । रुपन्देहीको दुधराक्ष गाविसमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा सहजीकरण गर्दै विकल्पका रुपन्देही संयोजक तथा अधिवक्ता पुष्पा लक्ष्मी श्रेष्ठले १३२५ र १८२० संयुक्त राष्ट्रसंघ सुरक्ष् परिषदले पारित गरेको दस्तावेजको बुंदा नं. भएको र त्यसमा शान्ति प्रकृयामा महिलाको सहभागिता वृद्धि गर्दै द्धन्द्धको समाधान, व्यवस्थापन र रोकथामका लागि गरिने निती निर्माणमा महिला सहभागिता बढाउने तथा द्धन्द्धको समयमा भएका यौनजन्य हिंशाको व्यवस्थापनका लागि अपनाईनुपर्ने नितीहरु उल्लेख गरिएको बताउनुभयो । संकल्पका रुपन्देही संयोजक राधिका श्रेष्ठको अध्यक्षता, सदस्य भगवती पाण्डेको संचालन, मनु खड्काको स्वागत तथा सावित्रा घिमिरेको धन्यवादमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा दुधराक्ष, पर्रोहा र सालझण्डीगाविसका ३५ जना बढि महिलाहरुको सहभागिता रहेको थियो ।

Posted by Butwalonline on 10:49 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " महिला अभिमुखिकरण कार्यक्रम रुपन्देहीमा सम्पन्न"

Leave a reply