|

महायज्ञमा दान गर्ने दाताहरुलाई बिशेष सम्मानको व्यबस्था

बुटवल, १३ माघ । रुपन्देहीको आनन्दवन मणिग्रामा रहेको सरस्वती पञ्चायन मन्दिरमा सञ्चालन गर्न लागिएको महायज्ञमा दान गर्ने दाताहरुलाई बिशेष सम्मानको व्यबस्था मिलाईएको छ ।

यहि माघको २२ गतेदेखि २९ गते सम्म सञ्चालन गर्न लागिएको ४६ औं श्रीमदभागवत धनधान्याञ्चल ज्ञान महायज्ञ महोत्सव २०६९ मा ११ हजार १ सय रुपैंया बढी दान गर्ने दातालाई मन्दिरका आजिवन सदस्यता प्रदान गर्ने निर्णय यस अंगाडी नै गरिएको थियो । मन्दिर व्यबस्थापन समितीका अनुसार महायज्ञमा उच्चतम दान गर्ने व्यक्तिलाई बिशेष सम्मान गरिने छ भने १ लाख भन्दा दान गर्ने दातालाई सो दिनको सभा नायक बनाउने तथा मन्दिरको बिशिष्ट आजिवन सदस्यता प्रदान गरी मन्दिर पुन निर्माण शिलान्यासमा सहभागिता गराउने छ ।

त्यस्तै ५० हजार देखि १ लाख सम्म दान गर्ने दातालाई मन्दिरको आजिवन सदस्यता प्रदान गर्ने तथा बिशेष सम्मान गर्ने, ११ हजार १ सय बढी दान गर्नेलाई आजिवन सदस्यता प्रदान गर्ने, ५ हजार १ भन्दा बढी दान गर्नेलाई संगमरमरमा नाम लेखिने छ भने दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरीने यज्ञ आयोजक समितीका संयोजक नारायण वञ्जाडेले जानकारी दिनुभयो ।

Posted by Butwalonline on 10:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "महायज्ञमा दान गर्ने दाताहरुलाई बिशेष सम्मानको व्यबस्था"

Leave a reply