पत्रकार थापाको हत्याबारेको स्थलगत अनुसन्धान हुँदै
ज्ञानु गौतम,नेपालगन्ज,माघ ७-दैलेखका पत्रकार स्वर्गीय डेकेन्द्रराज थापाको हत्याबारेको स्थलगत अनुसन्धानको लागि प्रहरीको टोली दैलेखको उत्तरपूर्वी द्धारी गाउा गएको छ । थापा हत्याको अनुसन्धानका लागि अनुसन्धान अधिकृत विनोश शर्मासहितको एक टोली त्यसतर्फ गएको हो ।
दैलेख प्रहरीले मुख्य फरार चार जना अभियुक्त मध्ये एकजना लक्षिराम दर्लामीबाहेक मुक्ति भनिने बमबहादुर खड्का, अरुण भनिने बमबहादुर खड्का र केशवबहादुर खड्कालाई खोजतलास गर्न जिल्ला बाहिर प्रहरी परिचालन गरेको छ । अब केही दिनभित्रै मुख्य अभियुक्त हित घटनामा संलग्न सबै दोषीहरु पनि पक्राउ पर्ने घटनाका अनुसन्धान अधिकृत शर्माले बताउनुभयो ।
