कोहलपुर टेलिभिजन पुन:सञ्चालनका लागि स्थलगत अनुगमन
ज्ञानु गौतम,नेपालगन्ज,माघ ७-बाँकेको कोहलपुरस्थित नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारण केन्द्र पुन:सञ्चालनका लागि स्थलगत अनुगमन गर्न एक टोली आज साँझ नेपालगन्ज आइपुग्ने भएको छ ।
नेपाल टेलिभिजनका अध्यक्ष सिताराम अग्रवालसहितको टोली नेपालगन्ज आउन लागेको हो । टोलीमा टेलिभिजनका योजना अनुसन्धान तथा अन्तर्राष्ट्रिय सम्वन्ध महाशाखाका निर्देशक प्रकाशजंग कार्की, इन्जिनियर रविन्द्र पराजुली लगायत रहनुभएको छ । टोलीले भोलिदेखि सञ्चारकर्मी, वुद्धिवजीवि, सरोकारवाला निकाय लगायतसँग सल्लाह सुझाव लिने र सञ्चालन सहभागिताको विषयमा छलफल गर्ने जनाइएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाले प्रशारण केन्द्रको संरक्षण, सम्वर्धन तथा पुन:सञ्चालनका लागि निरन्तर दवाव दिएपछि टोली स्थलगत अध्ययनका लागि नेपालगन्ज आउन लागेको हो ।
करोडौंको संरचना भएको नेपाल टेलिभिजनको एकमात्र क्षेत्रीय प्रशारण केन्द्रमा २०६० साल फाल्गुण १३ गते तत्कालिन नेकपा माओवादीले त्यहाँका उपकरणहरु लुटेर लगेपछि प्रशारण सेवा अवरुद्ध हुँदै आएको छ ।
