|

विद्यालयमा २ ओटा सकेट वम फेला

ज्ञानु गौतम,नेपालगन्ज,माघ ७-बैतडीको भौनेली गाविस ५ मा रहेको राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा फेला परेका २ ओटा सकेट वम प्रहरीले निष्क्रिय पारेको छ । ईलाका प्रहरी कार्यालय पाटनबाट गएको प्रहरीको टोलीले बम निष्क्रिय पारेको हो ।

बम पुरानो रहेकाले बिस्फोटको सम्भावना नरहेको र तर्साउनका लागि मात्रै राखिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गएराति विद्यालयको कार्यालय तोडफोड गरी कार्यालयभित्र दुइ वटा सकेट वम राखिएको थियो । विद्यालयका प्राचार्य गोपाल मडैका अनुसार कार्यालयमा रहेका कागजातहरु समेत च्यातेर टेवलमा एउटा वम र टेवलमुनी अर्को वम राखिएको थियो । साथै कार्यालयमा रहेको एउटा दराज फोडेर अत्याबश्यक कागजात समेत लगेको प्राचार्य मडैले बताउनुभयो । बम भेटिएपछि स्थानियबासी त्रसित बनेका थिए । बम कसले र किन राखिएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Posted by Butwalonline on 5:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विद्यालयमा २ ओटा सकेट वम फेला"

Leave a reply