आफ्नै भाई र भाईका ससुरालाई खुकुरी प्रहार
काभ्रे, माघ ७ - माओवादीका पूर्व लडाकु मिल्चेका गणेशबहादुर घिसिङले आफ्नै भाई र भाईका ससुरालाई खुकुरी प्रहार गरि सक्त घाईते बनाएका छन् ।
पारिवारिक झगडाको विषयलाई लिएर पूर्व लडाकु घिसिङले आफ्नै कान्छा भाइ अनिल घिसिङ र ससुरा देवबहादुर स्याङतानलाई खुकुरी प्रहार गरेका छन् ।
गत बिहिबार पारिवारिक विवादको विषयलाई लिएर उनले खुकुरी हानेको स्थानीयबासिन्दाले बताएका छन् । दुवै जना घाईतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खुकुरी हानेर भागेका घिसिङको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना प्रमुख डिएसपी कृष्णजी अधिकारीले जानकारी दिनुभयो । स्रोत :उज्यालो नेटवर्क
