हात र खुट्टा बाँधेर नगद तथा सुनका गहना लुटपाट
तनहुँ, ७ माघ । तनहुँ जिल्लामा अज्ञात समूहले आमा र छोराको हात खुट्ट बाँधेर लुटपाट गरेको छ ।आज विहान करीव दुई बजे मुखमा माक्स लगाएर आएका तीन जनाको समूहले खैरेनिटार–८, चैनपुर बस्ने सीता विकको घरबाट लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरुले नगद १ लाख ५० हजार रुपियाँ र कानमा लगाउने १ तोलाको सुनको कुण्डल लुटपाट गरेर फरार भएका हुन् ।
घरको मुलद्वारमा रहेको ‘चेनगेट’को ताला फोडेर उनीहरु घरमा प्रवेश गरेका थिए । सीता र उनका २० बर्षीय छोरा मनोज विकलाई हात र खुट्टा बाँधेर नगद तथा सुनका गहना लुटेको पीडितको भनाई छ । स्रोत : सौर्य दैनिक
