तिलौराकोट र लुम्बिनी नेपालमै ’
किरणमान बज्राचार्य,कपिलवस्तु, २५ मंसिर,बिभिन्न देशमा रहेर एशियाली बिकास बैंकको उच्च तहमा रही काम गरेका नोरितादा मोरिताले (-Noritada Murita) बुद्ध जन्म स्थल लुम्बिनी र राजधानी तिलौराकोट नेपालमै बताउनु भएको छ । यी दुई प्रमुख बुद्ध स्थल बारे कुनै भ्रम नरहेको उहाको ठम्याई छ ।
तिलौराकोट अवलोकन गर्न आएका बेला उहााले संचारकमीृसंग लुम्बिनीमा रहेको अशोक स्तम्ब र मार्क स्टोनले बुद्ध जन्म स्थल नेपाल नै रहेको तर्क प्रस्तुत गर्नु भयो । त्यस्तै राजा शुद्धोदनको राजप्रासाद तथा भगबान गौतम बुद्धको क्रिडास्थल पनि नेपालको तिलौराकोटमा पर्ने मोरिताले बताउनु भयो । उहाले तिलौराकोट नजिकै नदी र हिमश्रृखला देखिने हुदा यो नै प्रसस्त प्रमाण भएकाले राजधानी पनि नेपालमै पर्ने उल्लेख गुर्न भयो । मनिलामा मुख्य कार्यालय रहेको एशियाली बिकास बैंकको कार्यसमितिमा र निर्देशक भई काम गरिसक्नु भएका मोरिताले भारत पनि बुद्ध स्थल स्थलका लागि महत्बपुर्ण ठाउ भएको बताउनु भयो । बौद्ध धर्माबलम्बीका लागि दुबै देशको तीर्थाटन उत्तिकै महत्बपुर्ण रहेको उहााको भनाई छ ।
दुई बर्ष लुम्बिनी बिकास कोषका अन्तराष्ट्र्रिय सल्लाहकार समेत रहनु भएका मोरिताले नेपाल–भारत मिलेर तिलौराकोट देखि लुम्बिनी हुदै भारतमा पर्ने बुद्धस्थल बौद्धगया सम्म बुद्धको नाममा शाक्य परिपथ बनाउनु पर्ने सझाव दिनु भयो । बुद्ध र नेपालीलाई अति मनपराउने उहााले आफु देश बिदेश भ्रमण गरिरहदा लुम्बिनी–तिलौराकोटको प्रचार प्रचार गरिरहने बताउनु भयो । आफु बाचुन्जेल बुद्ध र नेपाललाई माया गरिरहने उहाले प्रतिबद्धता ब्यक्त गुर्न भयो ।
उहााले नेपालले पर्यटन योजना र निति राम्रो बनाउन नसकेर फाईदा लिन नसकेको प्रति दुख ब्यक्त गर्नु भयो । पर्यटनबाट नेपाललाई आर्थिक रुपमा धेरै माथी पुर्याउन सकिन्छ तर कार्यक्रम र योजना नहुदा समस्या परिरहेको छ उहााले भन्नु भयो । अब सरकार पर्यटनमुखी भई पर्यटकिय बिकासलाई प्राथमिकता दिएर अघि बढनु पर्ने बताउनु भयो । उहाा अहिले बैककमा लुम्बिनी पार्क बनाउन लागि पर्नु भएको छ ।
बृहतर लुम्बिनी बिकासका लागि उच्चस्तरिय निर्देशक समितिका अध्यक्ष पुष्पकमल दाहाल लगायतका पदाधिकारीले संयुक्त राष्ट्र संघका अध्यक्ष बानकी बुनलाई भेटन जादा मोरिता पनि अन्तराष्ट्र्रिय सल्लाहकारका हैसियतमा भेटन जानु भएको थियो ।
उहाले नेपालीले बुद्ध बचन र शिक्षालाई ब्यवहारमा उतारेर बिश्वमा शान्ति कायम गर्न सहयोग पुर्याउनु पर्ने बताउनु भयो ।