पाच बर्षमा एकमात्र वाल विवाह मुद्धा
सीता भण्डारी,गुल्मी मसिंर २५,गुल्मीमा पााच वर्षमा एकमात्र बाल विवाहको मुद्धा दर्ता भएको छ । जिल्लाको जैसीथोक अड्गैरामा १३ वर्षिया बालिका शर्मिला नाम परिवर्तनको बाल बिवाह भएको हो ।
बाल विवाह गर्ने २१ वषिय फर्शुराम पोखरेल र विवाह गराएको आरोपमा रेशम पन्थी, गंगा पन्थी र रुद्र पन्थी विरुद्ध पिडित बालिकाका बाबुले जिल्ला प्रहरी कार्यलय गुल्मीमा बाल बिवाह सम्बन्धि मुद्धा दर्ता गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गुरु बिष्णु काफ्लेका अनुसार गुल्मीमा ५ बर्षपछि बाल विवाहको मुद्धा दर्ता भएको बताए ।
पााचवर्ष यता यस्तो मुद्धा दर्ता भएको देखिन्न, पाचाबर्ष पहिले एउटा मुद्धा दर्ता भएको थियो त्यसपछि भएको थिएन अहिले एउटा दता भएको छ ‘प्रहरीनायव उपरिक्षक गुरु विष्णु काफ्लेले भने । ‘ मुलुकी ऐन वाल विवहाको महल १ को परिभाषित दफा २ अनुसार १० देखि १४ वर्षभन्दा कम उमेरकी वालिका विवहा गर्ने, गराउनेलाई एक वर्षसम्म कैद र पााच हजार रुपैयाा जरिवाना हुने प्रावधान छ सोही अनुसार कारवाही प्रक्रृया अगाडि बढाइने समेत प्रहरी प्रमुख काफ्लेले जानकारी दिए । १३ वर्षिय वालिकासगा बिहे गर्ने फर्सुराम भने बिदेशमा रहेको प्रहरीले जनाएको छ ।