उद्योग वाणिज्य संघ गुल्मीमा पाण्डे चयन
सीता भण्डारी,गुल्मी मसिंर २५,नेपाल उद्योग वाणिज्य संघ गुल्मीको २१ औं वार्षिक साधारण सभा तथा अधिवेशनले अखिलेश्वर प्रसाद पाण्डेको नेतृत्वमा आगामि तीन वर्षका लागि नयाा कार्य समितिको चयन गरेको छ ।
शनिवारदेखि सदरमुकाम तम्घासमा चलेको सघंको अधिवेशनले पाण्डेको नेतृत्वमा १५ सदस्यीय नयाा कार्य समितिको सर्वसम्मत रुपमा चयन गरेको हो । नयाा कार्यसमितीका सदस्यहरुमा तारा प्रसाद भुसाल, बिरेन्द्र भुसाल, कुष्ण प्रसाद पोखरेल, श्याम कुमार पाण्डे, गोमराज श्रेष्ठ, चेतनारायण पाण्डे, दुर्गा प्रसाद पाण्डे, दुर्गाचन्द्र बोहरा, राम प्रसाद पन्थी, इश्वरी प्रसाद पौडेल, रामप्रसाद पन्थी, इश्वरी प्रसाद बेलवासे, मनिराम अर्याल, श्रीप्रसाद भलामी, रामु सुनार रहेका छन । सोमबार बिहान निवार्चन अधिकृत महाशर्मा भण्डारीले कार्यसमितीमा सर्वसम्मत निवार्चित अध्यक्ष तथा सदस्यहरुको नाम पत्रकार सम्मेलनको आयोजना गरि घोषणा गरेका थिए । घोषणा सभामा वाणिज्य संघ गुल्मीका पुर्व अध्यक्षहरु डिल्लीराज भुसाल, राजेन्द्र प्रसाद श्रेष्ठ, नन्दराम भुसाल,निर्वतमान अध्यक्ष कुष्ण प्रसाद भण्डारी लगायतले नयाा कार्यसमितीको सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै नवनिवार्चित अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले तिन बर्षका लागि गुल्मी उद्योग बाणिज्य सघंले दिएको जिम्मेवारीलाई ब्यवसायीहरुको हित हुने काम गर्ने बताएका छन । साथै उनले बाणिज्य सघंको कुनै पनि काम गर्दा पुर्व अध्यक्षहरु तथा सम्पूण कार्य समिती सदस्य र ब्यापारीहरुको सहयोग र सुझाव लिएर मात्र गर्ने प्रतिबद्धता ब्यक्त गरे । म ब्यवसायीहरुको हितको लागि सधै काम गर्ने छु अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले भने । नयाा कार्य समितीको पहिलो बैठकले प्रथम उपाध्यक्ष, दोस्रो उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायत अन्य आमनन्त्रित सदस्यहरुको टुङ्गो लगाउने समेत नवनिवाचित अध्यक्ष अखिलेश्वर पाण्डेले जानकारी दिएका छन ।