दृष्टिबीहीन भूषालमा गजबको आट, ६ जिल्लाका २ सय बढीलाई सीपमूलक तालिम प्रदान
किरणमान बज्राचार्य,कपिलवस्तु, २५ मंसिर-दृष्टीबिहीन भएर के भो त, यदि आाट र साहस छ भने । आत्मबिश्वास र दरिलो ईच्छाशक्त भए आखााको ज्योति गुमे पनि अगाडी बढन उसलाई कसैले छेक्न सक्दो रहेनछ ।
यस्तै उदारहरणीय आट र साहस प्रस्तुत गरेका छन् कपिलवस्तु बुढ्ढी गाबिसका ५५ बर्षे गोपाल प्रसाद भूषालले । आखाको ज्योति गुमेर केही बर्ष हीनताबाध समेत गरेका उनमा अहिले गजबको आाट देखिएको छ । २०५२ सालमा एकाएक दृष्टी गुमाएका उनले समाजमा आफनो छुट्टै पहिचान स्थापित गर्न सफल भएका छन् अहिले । दृष्टीबीहीन भएर पनि उनले साङ्ग, अपांग लागयतलाई बिभिन्न सीप तथा आयमूलक तालिम दिदै आएका छन् ।
आखााले देख्न छाडे पछि आफू परिवारको बोझ ठानेर ४ बर्ष सम्म हीनताबोध गरेर निराश बनेर बसेका उहााले बताउनु भयो । ‘ जब आखाा गुम्यो ९० प्रतिशत आफन्त र साथीले समेत उनको साथ छाडे, त्यस्ले मलाई झनै पीडा थप्यो । ’ उहााले भन्नु भयो । पीडैपीडाको जीवन बिताईरहनु भएका गोपालको जीवनमा २०५६ सालमा तत्कालीन नेत्रज्याति संघ धनगढी की अध्यक्ष रुपा राई संगको भेटले कायापलट नै गरि दियो । राई कै सल्लाह र परामर्शमा भूषलले बासको मुढा बनाउने तालीम लिए पछि जीवनमा केही गर्न सक्छु र जीवीकोपार्जनका लागि अरुको आश लिनु पर्दैन भन्ने बिश्वास जगाएको उहााले बिगत सम्झदै सुनाउनु भयो । त्यस्तै २०५९ सालमा अगरबत्ती, मैनबत्ती, खाट बुन्ने, कुचो बनाउने तालिम लिए पछि त उनलाई यी कुरा त बरदान नै साबित भयो ।
दृष्टिीबीहीन भनेको समाजका बोझ हुन भन्ने हिनताबोध भई जीवनदेखि निराश भूषाल अहिले आफनो जीवन बाच्ने मात्र होईन बरु अन्य सवलांग सरह केही आम्दानी गर्न सक्ने सीपको बिकास भएको छ । त्यही सीपलाई उहााले बिगत ९ बर्ष देखि आयआर्जनको माध्यम बनाउदै आउनु भएको छ ।
बिभिन्न स्थानमा तालिम सहीत उहाले घरको काम समेत गर्ने गरेको गर्दै आएको बताउनु भयो ।आखााको ज्योति गुमेपछि भबिष्य नै अन्धकार भएको कुनै बेला महसुस गरेका उनले आफनो सीपलाई निरन्तर बाडदै आउनु भएको छ । १३ सदस्यीय परिवारका घरमूली अहिले उहाा नेत्रहीन संघ कपिलवस्तुका जिल्ला समेत हुनु हुन्छ । उहा कै प्रयास र अगुवाईमा संघको भवन समेत निमार्ण भईसकेको छ । उच्चमनोवल र आत्मवल भएका उहााले काडमाण्डौ, पाल्पा, रुपन्देही, दाङ्ग, सर्लाही, कपिलवस्तुमा गरी २ सय भन्दा बढीलाई तालिम दिईसकेका छन् । सीप नभएका तथा अन्य अपांग र दृष्टीबीहीनले मागेर खान नपरोस भनेर आफूले सीप बाड्दै हिडेको उहाा बताउनु हुन्छ ।
उहासं तालिम लिएका सहभागीहरुले प्रशिक्षक भूषालले एकदमै राम्रो तरिकाले सीप सिकाउने गरेको बताएका छन् । भुसालसंग मुढा बनाउने तालिम लिनु भएकी मोतिपूर गाबिस की शारदा थापाले प्रशिक्षक भूषालको सीप र कला आफूहरुको लागि प्ररणाको स्रोत भएको बताउनु भयो