|

नेपाली सिने जगतका कलाकारहरुको दुबई आगमन सुरु

निमकान्त पाण्डे युएई  यहि डिसेम्वर ०७ का दिन करामाको अल नासर क्लवमा सम्पन्न हुनगईरहेको बक्स अफिससिने अर्वाड २०६९का लागी नेपाली सिने जगतका कलाकारको आगमनको शुरुवात भईसकेको छ । हिजो नोभेम्वर ३० तारीकका दिन वर दुवईको अष्टोरीया “याक एण्ड यति होटलमा” नेपाली सिने जगतका चर्चित नायक सुमनसिंहको आगमनसंगै उनलाई उक्त होटलले स्वागत एवं सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।

सो अवसरमा नायक सुमनसिंहले युएईमा रहेका सम्पुर्ण नेपालीहरुलाई उक्त अर्वाड समारोहमा उपस्थितीको लागी आग्रह गरेका थिए । सनहिल्स सिनेमा प्रोडक्शनका सुर्य अधिकारीले नेपाल देखि वाहिर पहिलो पटक सम्पन्न हुन लागीरहेको यस अर्वाड कार्यक्रमले नेपाली कला संस्कृतिको संरक्षण एवं सर्वधनमा कोशे ढुगांहुने हुनुका साथै नेपाली चलचित्रको व्यापारको नौलो वजारको रुपमा पनि युएईलाई स्थापित गर्न हौसला मिल्ने भएको हुदाँ सम्पुर्ण युएईवासि नेपालीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको आग्रह गरेका छन । 

Posted by Butwalonline on 6:58 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली सिने जगतका कलाकारहरुको दुबई आगमन सुरु "

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु