|

एक महिलाको शव टाउको नभएको अवस्थामा भेटियो

धनगढी, मङ्सिर १६- कैललीको पूर्वी क्षेत्र पथलैया-८ को छतिवन सामुदायिक वनभित्र एक महिलाको शव टाउको नभएको अवस्थामा आज फेला परेको छ। सामुदायिक वनको कुन्तीघाट नजिक झाडीमा टाउको नभएको अवस्थामा फेला परेको अन्दाजी २२-२३ वर्षीया महिलाको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदाम रावलले बताए।

कुर्तासुरुवाल र स्विटर लगाएको अवस्थामा स्थानीय गाउँलेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। टीकापुर इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले शव परीक्षणका लागि धनगढी ल्याउँदै गरेको छ। रासस(समाचार नागरिक न्यूजबाट )

Posted by Butwalonline on 7:17 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एक महिलाको शव टाउको नभएको अवस्थामा भेटियो "

Leave a reply