|

नेपाली समाज युएई कार्यसमितिको चुनाब मार्च 1 तारिक

निमकान्त पाण्डे युएई र नेपाली समाज युएईको बर्तमान कार्यसमितिले आफ्नो दुई बर्षको कार्यकाल पूरा गरेको संदर्भमा समाजलाई अगाडी लैजानका लागी निर्वाचन समिति सहित बिभिन्न बिषयहरुमा छलफल गर्नका लागी घण् नोभेम्बर शुक्रबार दिउसो चार बजे देखि होटेल शिन्धि पन्जाबमा युएईमा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तथा आजीवन सदस्य,समाजसेवी,बुद्धिजीवि,महिला,पत्रकार बीच गहन छलफल भएको थियो।

आगामी बर्षका लागिनिर्वाचन समिति तयार गरि आउदो मार्च ज्ञ तारिकका दिन निर्बाचन गर्ने गरि गोपाल प्रसाद कडेलको संयोजक मा ममता बिष्ट,राजु खडका,बिमला भट्ट सदस्य सहित उत्तम अधिकारी र डि।आर।गुरुङ सल्लाहाकार समिति गठन गरिएको छ ।अध्यक्ष ढकालले मन्तव्य दिदै युएईमा रहेका नेपालीहरु र नेपाली संघ संस्थाहरुलाई समेट्दै नेपाली समाज साझा सस्थाका रुपमा सामाजिक भाबना सहित ज्ञण्ढण् देखि युएईमा रहेको र बिगतका दिनहरुमा ठुला सघर्षहरु गरेको स्मरण गराउनु भएको थियो । आफुले जुनसुकै अबस्थामा पनि सामाजिक कार्यलाई आत्मसाथ गर्दै लागिपरेको र आफ्नो तर्फबाट सदैब तयार रहेको बताउनु भएको थियो |

नेपाली जनप्रगतिशील मंच युएईका सल्हाकार उत्तम अधिकारीले कार्यसमिति भित्र मन मुटाब भएकै कारण र जो समाजलाई पछाडी पार्न लागि परेका छन् तिनै मान्छे समाज भित्र कार्यसमितिको जिम्मेवार पदमा बसेका कारण पछाडी परेको आरोप लगाउनु भएको थियो । अर्घखाची सेवा समाजका राजु खडकाले नि(स्वार्थ भावनाले सेवामा लाग्न आग्रह गर्नु भएको थियो । ज्ञढ वाटा संघ सस्था आबद्ध नेपाली समाज पछाडी पर्नुमा दुस्खको कुरा भएको र सुचना प्रबाहको निकै कमि भएको भन्दै समाज सेबी तथा किरात याक्चुंङ चुङ्लुङ अध्यक्ष पी।एस।लिम्बुले दुस्खेसो राख्नु भएको थियो । जनजाती तथा तमु समाजको तर्फबाट डी।आर।गुरुङ ले युएईमा रहेका सबै संघ सस्थालाइ मिलाएर लैजान सल्लाहा दिनुभएको थियो ।

पत्रकार निमकान्त पाण्डेले नेपाली समाजका बिषयमा बाहिर निकै टिकाटिप्पणि भएको हुदा के कारण यी कुरा बाहिर आएका छन समाज भित्रबसेर फाईदा लिने तत्वको पनि हाबी भएका खबर पाप्त भएको जानकारी गराउनु भएको थियो । एन आर एन को तर्फ बाट छत्र लामा नेपाली समाजलाई न बुझेर आएकाले समाजले भने जस्तो दुर्द्ध गतिमा काम गर्न न सकेको गुनासो गर्नु भयो। महिलाको तर्फबाट बोल्दै बिमला भट्टले नेपाली समाज भित्रि रुपबाट र बाहिरबाट देखिने मा धरै फरक महसुस गर्दै जुन सुकै कार्यक्रम मा कृष्ण ढकाल मात्र दौडीनुमा समिति भित्र एकरुपता नभएको महसुस गर्नु भयो भने युएईमा ज्ञण्रज्ञद्द जना मिलेर संघ सस्था खोल्ने प्रब्रिती बन्द गरि समाज सेवामा नै लाग्ने हो भने नेपाली समाजमा आइ सेवा गर्न नेपाली कल्याणकारी समितिकि अध्यक्ष ममता बिष्टले सबैलाई आग्रह गर्नु भयो । जन(सम्पर्क समितिका उपाध्यक्ष खेमराज बस्यालले समाजलाई साझा रुपमा हेर्न र संगठनले सदैब सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो |

यसरी नै समाजलाई कसरि अगाडी बढाउँन सकिन्छ भन्ने बिषयमा उपस्थित बाग्लुंङ सेवा समाज, मगर समाज युएईले पनि आफ्ना विचार राख्नु भएको थियो । कार्यक्रममा स्याङजा सहयोग समाज,गुल्मी सेवा सामज,गोर्खा सेवा समाज,चितवन समाज,कलाकार संघ,लुम्बिनी वेलफेयर सोसाइटी,नेपाल पत्रकार महासंघ शाखा युएई साथै अन्य विभन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । कतिपय नेपाली समाज भित्र आबद्ध न रहेता पनि आगामी दिनमा रहने क्रममा रहेको बुझिएको थियो भने नेपाली समाजका पदाधिकारी तथा समाजलाई सहयोगी रुपमा सहयोग गर्दै आएका संगठनहरुले नै नेपाली समाज भित्र नरहेको जानकारी गराउदा उपस्थिती बुद्धिजिबीहरुले आश्चर्य महसुस गरेका थिए | अन्तार्क्रिया तथा निर्बाचन समिति चयन नेपाली समाज युएई राखेको यस कार्यक्रममा समाजसेबी,बुद्दिजिबीहरुको,पत्रकार बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो |

प्रथम चरणको कार्यक्रमलाई समाजका स(कोषाध्यक्ष शिवराज जैसीले संचालन गर्नु भएको थियो भने बिविध बिषयहरु साथै निर्बाचन सम्बन्धि छलफल कार्यक्रम पत्रकार तथा नेपाली समाजका सचिब उमाकान्त पाण्डे ँगाउले”  ले संन्चालन गर्नु भएको थियो |

निर्बाचन समितिका संयोजक गोपाल प्रसाद कडेलले युएईमा स्थापना भएका सबै संघ सस्थाहरुले निर्बाचन गराउन सबैले आ(आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैलाई अनुरोध गर्नु भएको छ ।

Posted by Butwalonline on 6:40 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली समाज युएई कार्यसमितिको चुनाब मार्च 1 तारिक "

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु